धरान । लागूऔषधसहित सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित डाँडाघोपाबाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २२ वर्षीय टाइटस कार्कीले आफ्नै घरमा लागूऔषध बिक्री गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी चौकी रेल्वेको टोलीले उनको घरमा खानतलासी गर्दा विभिन्न नामका औषधिहरू बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार विभिन्न नामका चार हजार चार सय १० ट्याब्लेट बरामद गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।