धरान  धरान १८  स्थित डिपो स्कुलमा खुला व्यामशाला निर्माण गरिएको छ। धरान १८ वडा कार्यलयको विशेष सहयोगमा निर्माण गरिएको खुला व्यामशालाको शुक्रवार एक  कार्यक्रमगरी  उद्घाटन गरेको हो।    कार्यक्रमका प्रमुख अतिथि धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण )र कार्यकमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमरवहादुर लिम्वुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेको छन्। 

धरान उपमहानगरिपालिका भरि सम्भवत विद्यालयमा खुला व्यामशाला निर्माण गरिएको यो पहिलो हो। कार्यक्रमका प्रमुख अतिथि राई र डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमूख राजकुमार राईले खुला व्यामशालालाई प्रयोग गरेर देखाएका थिए।

 व्यामशाला करिव साढे सातलाख रुपैयामा निर्माण संपन्न गरिएको विद्याँलय प्रमूख राजकुमार राईले जानकारी दिएका छन्। ५ लाख रुपैया १८ न.वडा कार्यलय वाट सहयोग प्राप्त भएको र वाकि रकम विद्यालयले सहकार्य गरेको प्रमूख राईले बताए। विद्यार्थीको मानसिक संगै शारिरिक रुपमा पनि शसत वनाउनका लागि खुला व्यामशाला निर्माण गरिएको सभाध्यक्ष अमरवहादुर लिम्वुले जनाए। उनले विद्यालयले शिक्षा संगै अतिरिक्त क्रियाकलापलाई समेत उतिकै महत्व दिएको र लगानि गरिएको बताए । 

खुला व्यामशाला निर्माण पुर्वमा नै पहिलो पटक धरान १८ न. वडा वाट सुरु भएको थियो। हाल धरानमा ६ वटा वडाले निर्माण गरिसकेको र डिपो स्कुल सहित धरानमा सात वटा खुला व्यामशाला भएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राईले बताए। आफु पढेको पुरानो स्कुलमा खुला व्यामशाला निर्माण गर्न पाउदा खुशि लागेको प्रमूख अतिथि वडाध्यक्ष नरेनद्रकुमार राई प्रविणले जनाए। पुर्व व्रिटिस गोर्खा सैनिकका छोरा रहेको राई डिपो पुर्व विद्यार्थी संगठन अध्यक्ष समेत हुन।

 हाल विपि प्रतिष्ठान रहेको क्षेत्र व्रिटिस घोपा क्याम्प हुदा सन १९६३ सालमा डिपो स्कुल स्थापना भएको हो। व्रिटिस गोर्खा सैनिकका छोराछोरिले राम्रो शिक्षा पाहुन भन्ने उद्धेश्यले डिपो स्कुलको स्थापना गरिएको थियो। साढे तेह्र विघा क्षेत्रफल रहेको  स्कुल। पुर्व व्रिटिस गोर्खा सैनिकहरु द्धारा संचालित डिपो स्कुल गुठि संस्थाको रुपमा रहेको छ। उद्धघाटन कार्यक्रममा डिपो स्कुल गुठियार अध्यक्ष भिमराज लिम्वु, व्यवस्थापन समिति सदस्य हर्कराज राई, खड्क लिम्वु, सदस्य सुर्यपन्धाक लिम्वु, इन्द्ररानि लिम्वु लगायतको उपस्थिति रहेको थियो।