Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • अझै रोकिएन बाल विवाह

अझै रोकिएन बाल विवाह

alt
  • साउन २७, २०७३
  • ब्लाष्ट खबर

पाल्पा/बालबालिका आफैँ मिलेर विवाह गर्ने बढेपछि यहाँ बालविवाह अझै रोकिन सकेको छैन ।मगर समुदायको बाहुल्यता रहेको कोलडाँडा गाविसमा अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्जाल(फेसबुक)को प्रभाव, कानुनी ज्ञानको अभावमा यहाँका बालबालिकाले १६ वर्षको पढ्ने उमेरमा नै विवाह गरी हिँड्ने गरेका छन् । बालबालिका एकापसमा मिलेर भागी विवाह गरेपछि यहाँ मागी विवाह गर्ने चलन निकै कम हुन थालेको हो । बालबालिकाले सानै उमेरमा विवाह गर्ने भएकाले विवाहपछि उनीहरुले विद्यालय पढ्न समेत छाडेका छन् । कोलडाँडामा १६ वर्षको उमेर नपुग्दै विवाह गरी श्रीमान्को घरमा जानेको सङ्ख्या बढी रहेको स्थानीय बताउँछन् । स्कुल जाने बालबालिकाको हातमा नानीबाबुहरु खेलिरहेका हुन्छन् ।

bal bibaha

नेपालको संविधानअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरीतको विवाहको रुपमा लिइएको छ । तर, यहाँका बालबालिकाले स्कुल पढ्ने समयमा श्रीमान् श्रीमती बनेर १८÷२० वर्षको उमेरमा आमा बाबु नै बन्छन् । कोलडाँडा–५ की स्थानीय बासिन्दा मीना गाहाले बालबालिका आफँै नै मिलेर विवाह गरी हिँड्ने गरेको बताउनुहुन्छ । बालबालिका आफँै नै मिलेर विवाह गरेपछि आफन्तलाई समस्या हुने गरेको छ । घर परिवारको अनुमति बिना नै बालबालिकाको विवाह हुन्छ, अभिभावकले विवाह गरी आएका बालबालिकालाई तिमीहरु साना छौँ, भनेर सम्बन्धबिच्छेदका लागि प्रस्ताव नगर्दा बालविवाह बर्सेनि बढेको हो । मगर समुदायमा फुपुको छोराले मामाकी छोरी हकदारी हुने चलन अझै पनि रहेको छ । फुपुको छोराले मामाकी छोरीलाई तानेर विवाह गर्ने चलनका कारण पनि बालविवाह समाजमा रोकिन सकेको छैन । गाविस सचिव युवराज पाण्डेयले सानै उमेरमा विवाह दर्ता गराउन आउने समस्या रहेको बताउनुभयो । जनचेतनाको कमीका कारण बर्सेनि बालविवाह रोकिन नसक्दा बालबालिका एकापसमा विवाह गरी भागेर केही दिनपछि घरमा आउने गर्दछन् । पाल्पा जिल्लाको कचल कोलडाँडा, सत्यवती, बल्ढेगङ्ढी, जुठापौवा, वाकामलाङ, सहलकोट, मित्याल, भिरुवाँस, गोठादीलगायतका गाविसमा अझै पनि शिक्षित परिवारमा बालविवाह हुँदै आएका छन् । रासस

सम्बन्धित समाचार
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत

विराटनगर/ब्लास्ट राष्टिूय दैनिकका विराटनगर संवाददाता अनिल श्रेष्ठसहित चार ज ...

शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित

धरान । सनातन धर्मसेवा समिति सुनसरी शाखा धरानले धरानका शिक्षासेवी श्यामबहादु ...

हायसले ठक्कर दिएर भाग्दा....

धरान । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा हायस ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत
शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित
हायसले ठक्कर दिएर भाग्दा....
यशोदा कायस्थको यात्रा समाजसेवादेखि प्रदेशसभासम्म
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत
पत्रकारमाथि दुव्र्यवहार
धरानले किन मिचिरहेको छ ऐनकानून ?
बाढी, विपद् र बेवास्ताको चक्रव्यूह
आजको राशिफलः २०८२ साल असार २७ गते शुक्रबार
महानगरको असक्षमताः नगर प्रहरी नियुक्तिमा ९ महिनादेखि ढिलाइ
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर
कुटपिटबाट महिलाको मृत्यु
धरानमा कानून पनि लजाओस्
आजको राशिफलः २०८२ साल असार २६ गते बिहीबार
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved