Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

alt
  • भदौ २०, २०७३
  • ब्लाष्ट खबर

fishing child

खोटाङ /   जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् ।

गाउँ नजिकै रहेको विद्यालयमा अध्ययनअध्यापन भइरहँदा सोही गाउँका १८ वर्षीय सुजन राई र १७ वर्षीय तारा राई पनि ज्ञानबहादुरसँगै दूधकोसीमा माछा मार्न गड्तिरमा घुमिरहेका हुन्छन् । दिउँसो विद्यालयमा पढ्नुपर्ने समयमा उनीहरु नदीमा माछाको खेवा खोज्दै तियारी, भेले थापिरहेका हुन्छन् । साँझ परेपछि पासो उठाउँछन्, अल्झिएको माछा सङ्कलन गर्छन् । अनि आलै बिक्री गर्छन् । उनीहरु माछा मार्नकै लागि गाउँभन्दा एक घन्टा तल दूधकोसी किनारमा पर्ने ओडारमा हप्ता दिनसम्म बास नै बस्ने गरेका छन् । बतासेका अधिकांश विद्यालय उमेरका बालबालिका कापी, कलम, पोसाक किन्ने खर्च जुटाउने बहाना बनाएर नदीमा माछा मार्न जाने गरेका छन् । सुदूरउत्तरमा पर्ने जलेश्वरी सोलुखुम्बुसँग जोडिएको गाविस हो । पढे पनि रोजगारीको ग्यारेन्टी नभएकाले पढाइलाई बिट मारेको नदी किनारमा भेटिएका ताराले बताए । “पढे पनि जागीर पाइन्छ भन्ने टुङ्गो छैन”, उनले भने, “त्यही भएर पढाइ छाडियो ।” कतिपयले घरको आर्थिकस्तर कमजोर भएका कारण पनि पढाइलाई निरन्तरता दिन नसकेको बताएका छन् । सुजन र ताराले कक्षा–९ पढ्दापढ्दै कक्षा छाडेका हुन् । स्थानीयवासीका अनुसार माछा मार्नका लागि दैनिकजसो १०/१२ जना बालबालिका ओढ्ने, ओछ्याउने, खाना, खाजा बोकेर नदी जाने गरेका छन् । बर्सेनि यो सङ्ख्या बढ्दो रहेकाले चिन्ताको विषय बनेको स्थानीय सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताउनुभयो । प्रअ कट्टेलका अनुसार कक्षा ९ र १० मा पढ्दापढ्दै विद्यालय छाड्ने छात्रको समूह बढी माछामा अलमलिने गरेका छन् । नदीमा उनीहरुले दैनिक पाँच/६ केजी माछा मार्ने गरेका छन् । मारिएको माछा जलेश्वरी, महेश्वरी, एँसेलुखर्कबाहेक सोलुखुम्बुको पञ्चन लगायतका गाउँमा खपत हुने गरेको छ । यसबाहेक नदी किनार हुँदै ओहोरदोहोर गर्ने बटुवाले समेत किन्ने गरेका छन् । आफूले मारेको माछा बिक्री गर्दा मासिक रु २०/२२ हजार हात लाग्ने गरेको उनीहरु बताउँछन् । माछा बिक्री गरेर आएको आम्दानीबाट घरमा नुनतेल, मासु खाने पैसा समेत जुटाउने गरिएको सुजनले बताउनुभयो । दूधकोसीमा पाइने माछा अन्य नदीको भन्दा स्वादिलो रहेको उपभोक्ताले बताएका छन् । रासस

सम्बन्धित समाचार
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ

भद्रपुर । हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ परेका छन् ।पक्राउ प ...

उद्योगभित्र ट्रक चालकको हत्या

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ को इको पावर सोलुसन उद्योग परिसरमा ट्रक ...

अंश विवादमा भाउजूको हत्या

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा दाजु–भाइबीचको अंश विवादका कारण भाउजू ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ
उद्योगभित्र ट्रक चालकको हत्या
अंश विवादमा भाउजूको हत्या
चिकित्सकको आन्दोलनः समाधान खोज
आजको राशिफलः २०८२ साल असार २५ गते बुधबार
पीडक र सहयोगीलाई कारबाहीको माग गर्दै बाल सञ्जालद्वारा ध्यानाकर्षण
आजको मौसमः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
मन्त्रीको क्यूआर आतङ्कः पर्यटन मन्त्री मण्डलको राजीनामा माग
मिक्लाजुङ सम्झाउने घटना
आजको राशिफलः २०८२ साल असार २४ गते मङ्गलबार
नगर प्रमुखको कब्जामा फायल
भोजपुरमा चारको बीभत्स हत्या
गोली चलाई ब्राउनसुगर कारोबारी पक्राउ
विश्व भूराजनीतिमा नयाँ सार्क सङ्गठनको निर्माण र यसको भविष्य
आजको राशिफलः २०८२ साल असार २३ गते सोमबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved