काठमाडौँ / सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ । न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले आज जानकारी दिए ।
आदेशमा फौजदारी न्याय सिद्धान्तको रोहमा विचारणीय देखिने भएका कारणले विशेष अदालत काठमाडौँले २०६८ फागुन १ को फैसला विचारणीय भएको हुँदा विपक्षीलाई झिकाइ