
धनकुटा / आफ्नो भाषासंस्कृतिमा आधारित भएर पहिलो विद्यावारीधि गरेको भन्दै आठपहरिया जातिले प्रा डा टङ्कप्रसाद न्यौपानेलाई नागरिक अभिनन्दन गरेका छन् । वर्षौंदेखि पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने सीमान्तकृत आठपहरिया जातिले आफ्नो भाषा संस्कृतिको संरक्षणमा लागेका डा न्यौपानेलाई सम्मान गरेको जनाएका छन् ।
भाषा, धर्म, संस्कार, संस्कृति राज्यको गहना हो भन्ने आठपहरिया जातिले पाँच सय वर्षअघि देखि बसोबास गर्दै आएको भनिए पनि मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापनापछि मात्र आफ्नो अधिकारका लागि सङ्गठित भएका छन् ।
पहिचानसहितको स्वायत्त क्षेत्र आठपहरिया जातिको माग भए पनि राज्यको सूचीमा सूचीकृत नभएका कारण आफूहरु दुःखी भएको केन्द्रिय समितिका महासचिव सूर्यबहादुर आठपहरियाले बताए ।
भाषा र लिपिसमेत भएका आठपहरिया किराँत धर्म मान्ने सीमान्तकृत समुदायका रुपमा आफूहरु सूचीकृत हुन सम्बन्धित निकायमा पहल गरिए पनि