ct
ट्राफिक प्रहरीले मुख्य राजमार्गमा विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाएको विरोधमा शुक्रबार इटहरी चौकमा भेला भएर safari
सडक अवरुद्ध गर्दै विद्युतीय रिक्सा सञ्चालकहरु । विद्युतीय रिक्सा सञ्चालन हुँदा रुट प्राप्त गरे पनि मुख्य राजमार्गमा सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । सडक दुर्घटनाका साथै विद्युतीय रिक्सा व्यवस्थापनमा समस्या भएको भन्दै सुनसरी प्रशासनले पनि मुख्य राजमार्गमा विद्युतीय रिक्सा सञ्चालनमा गत चैत्र महिनामै रोक लगाउने निर्णय गरेको थियो । दशै तिहार भरी चलाउन दिने निर्ct safari photos 14 ashoj (1)-1
णय भए पछि उनीहरुले अवरोध हटाएका छन्. । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाई, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख पवन गीरी सहित सुनसरी प्रहरी प्रमुख, अनुसन्धान प्रमुखसहितको छफलफमा विद्युतीय रिक्सा सञ्चालकसम्वद्ध संगठनका प्रतिनिधीको छलफलले मुख्य राजमार्गमा तत्कालका लागि रिक्सा सञ्चालन गर्न पाउने सहमति भएको हो ।