दशैँको महत्वबारे चर्चा गर्नुपूर्व आजका बालबालिका र किशोरकिशोरीहरूको मनोविज्ञानबारे थोरै चर्चा गर्नु सान्दर्भिक होला । हिन्दू संस्कृतिमा भएका चाडपर्व, रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किंवदन्ती जोडिएर आएका छन् । वेद, पुराण र किंवदन्तीहरू लोकसाहित्य हुन् । साहित्यका विम्ब र प्रतीकले व्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्यौँ तर आजका बालबालिका र किशोरकिशोरीहरू त्यो मान्ने पक्षमा छैनन् किनभने यो साइबर युग हो । कुनै कर्मकाण्ड गर्नुको पछाडि त्यसको वैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञासु रहेको हामीले पाउन थालेका छौँ । अतः हाम्रो संस्कृति र रीतिरिवाजको वैज्ञानिक पक्ष उनीहरूलाई बुझाउन सकेनौँ भने उनीहरूले त्यो मान्ने छैनन् । फलस्वरूप हाम्रो धर्म, संस्कृति र रीतिरिवाजका बारे वैज्ञानिक सत्यतथ्य खोज्नु अति आवश्यक भइसकेको छ । प्रस्तुत लेख त्यसैको एउटा झिनो प्रयास हो ।
संस्कृत शब्द ‘दशमी’ बाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो ‘दशैँ’ । नेपाली हिन्दू सम्प्रदायमा दशैँ सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धुमधामले मनाइने यो दशैँ कहिलेदेखि शुरु भयो, यसको कुनै इतिहास भेटिएको छैन । यो एक्काईसौँ शताब्दीमा पनि मान्छेहरू वन्य र अर्धवन्य अवस्थामा रहेको हामीले भेट्टाउँछौँ । हाम्रा पितापुर्खाहरू अर्धवन्य अवस्थाबाट विकसित हुँदै कृषियुगमा प्रवेश गरेपछि दशैँ मान्ने परम्परा शुरु भएको हुनुपर्दछ र पछि गएर धार्मिक आवरण ओढाइएको हुनसक्छ भन्ने विद्वान्हरूको मत छ । प्राचीन कालदेखि हिन्दू समाजमा दशैँ पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ । दशैँको सामाजिक, सांस्कृतिक र राजनीतिक महत्वबारे पछि चर्चा गरौँला । पहिला पौराणिक महत्वबारे चर्चा गरौँ ।
देवी पुराणअनुसार सत्ययुगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरी देवताहरूमाथि आतङ्कपूर्ण शासन गर्न थाले । देवताहरू डराएर ब्रह्माको शरणमा गए । ब्रह्माको सल्लाहअनुसार विष्णुसहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफलपछि आ–आफ्नो शक्तिपुञ्ज निकाले । ती शक्तिपुञ्जहरू एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण ग¥यो । नवदुर्गा भगवतीले नवौँ दिनसम्मको युद्धपछि शण्ड, मुण्ड र रक्तबीजसहित महिषासुरको बध गरे र दशौँ दिनमा विजय उत्सव मनाए । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।
अद्भूत रामायण र श्रीमद्देवीभागवतअनुसार अर्को कथा प्रसङ्ग जोडिएको छ, दशैँसँग । रामले रावणको बध गरेर अयोध्या फर्केपछि ठूलो जनसभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चलिरहँदा सीताले मुख लेप्र्याएर व्यङ्ग्य मुस्कान छोडेको दृश्य विश्वामित्रले याद गरेका रहेछन् । जनसभा समाप्त भएपश्चात् विश्वामित्रले सीतासँग सोधे । धेरैबेरको अनुरोधपछि सीताले भनिन्, ‘त्यो जाबो दशटाउके रावणलाई बध गर्दा त रामको वीरताको यत्रो बखान हुञ्छ भने सहस्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरूले के गर्दा हौ ? त्यसकारणले हाँसेकी हुँ ।’ सीताको यो अभिव्यक्तिले रामसभामा ठूलो तरङ्ग पैदा ग¥यो । रामको पुरुषार्थ
मा धक्का लाग्यो र उनले भने, ‘त्यसो भए म अहिरावण र महिरावणको बध नगरी छोड्दिनँ ।’ रामले प्रतीज्ञा गरे र युद्धको तयारी भयो ।
घमासानको युद्धमा रामसमेत उनका भाइहरू मुच्र्छित भए, कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरी सहस्र टाउके रावणहरूको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन विजयोत्सव मनाए ।
श्रीमद्देवीभागवत र तुलसीकृत रामायणअनुसार लङ्केश्वर रावणलाई पराजित गर्न राम असमर्थ भएपछि शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ लङ्कामाथि रामले विजय प्राप्त गरे । त्यसैको खुशीयालीमा चैत्र महिनामा दशैँ मनाउँदै आइरहेकोमा गर्मी मौसमको कारणले त्यही दशैँ असोजमा सारिएको भन्ने उक्तिहरू पनि भेटिन्छन् ।
उपर्युक्त आख्यानहरू तत्कालीन साहित्यकारहरूका साहित्य हुन् । साहित्यमा विम्ब–प्रतीक हुन्छन् नै । विद्वान् समीक्षक तथा पाठकहरूले महिषासुर, रावण, अहिरावण र महिरावण विम्ब–प्रतीकलाई काम, क्रोध, लोभ, मोह, अहङ्कार, मद्, मत्र्सय अर्थात् खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतीक भनेर अर्थ लगाएका हुन सक्छन् । असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैँ पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौँ बितिसकेको छ । अर्का थरी मतअनुसार मानव शरीर नौवटा ढोका भएको दुर्ग हो । नौवटा ढोका भएको दुर्ग अर्थात् नवद्वारको दुर्ग नवदुर्ग । यही नवदुर्ग शब्द कालान्तरमा नवदुर्गा भएको भन्ने कथन पनि भेटिन्छन् । ज्ञानरुपी दियो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरी आत्मारुपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह, अहङ्कारजन्य रावण र महिषासुरजस्ता दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवसको रुपमा दशैँ पर्वलाई लिनुपर्दछ, ती आधुनिक विद्वान्हरू भन्ने गर्दछन् ।
ऋग्वेदमा उल्लेखित धेरै कुराहरू वर्तमान समयमा वैज्ञानिकहरूले विज्ञानसँग तुलना गर्दै त्यसको अध्ययन–अनुसन्धान गरिरहेका छन् । जुन बेला पौराणिक साहित्य लेखन आरम्भ भयो, त्यस समयमा आजको जस्तो वैज्ञानिक अनुसन्धानको सुविधा नभएकोले र सनातन धर्मका ज्ञाताहरूले नयाँ पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृत्ति न्यून रहेकाले सनातन शाश्वत सत्यहरूको प्रचारप्रसार हुन नसकेको प्रतीत हुन्छ । हाम्रा वेद, पुराण, उपनिषद् आदि धार्मिक ग्रन्थले भन्दा वैज्ञानिक तथ्यमा आधारित हुँदाहुँदै पनि वैज्ञानिक तथ्यको आधारमा यसको व्याख्या–विश्लेषण र खोज–अनुसन्धान गर्नुभन्दा पूजा, उपासना आदिमा सीमित राखिएकाले यसको महत्व विश्व जनमानसमा न्यून भएको हुन सक्छ । नवदुर्गाका जुन नौवटा स्वरूप छन्, त्यसमा वैज्ञानिक आधार छन् भन्ने कुरा भर्खरै खुल्न आएको छ । आश्विन शुल्क प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । नवदुर्गाको ध्यान, उपासना, पूजा आदि गरिन्छ, ती नवदुर्गाको वैज्ञानिक स्वरूप स्वामी निशेषानन्दका अनुसार यस प्रकार छ ः
१) प्रतिपदामा – शैलपुत्री सम्भावना शक्ति
२) द्वितीयामा – ब्रह्मचारिणी चुम्बकीय शक्ति
३ ) तृतीयामा – चन्द्रघण्टा ध्वनि शक्ति
४) चतुर्थीमा – कुष्मान्डारासायनिक शक्ति
५) पञ्चमीमा – स्कन्दमाता आकर्षण शक्ति
६) षष्ठीमा – कात्यायनी ब्रह्माण्डीय केन्द्र शक्ति
७) सप्तमीमा – कालरात्री प्रसारण शक्ति
८) अष्टमीमा – महागौरी प्रकाश शक्ति
९) नवमीमा – सिद्धिदात्री विद्युतीय शक्ति
यी उल्लेख गरिएका शक्तिहरू विश्व व्रह्माण्डमा र हरेक प्राणीहरूमा विद्यमान् छन् ।
भारतीय हिन्दू र नेपाली हिन्दूहरूको दशैँ मनाउने भिन्नभिन्न शैली छन् । दशैँलाई उल्लासमय ढङ्गले १५ दिनसम्म मनाउने नेपाली हिन्दूहरू नै हुन् तापनि जातजाति र भूगोलअनुसार दशैँ मनाउने विधि फरकफरक छन् । हिन्दूको महान् चाड दशैँ भएजस्तै गैरहिन्दूहरू जस्तै उदाहरणको लागि बौद्ध, इसाई, इस्लामहरूको पनि महान् चाड हुन्छन् । जुनसुकै जात, धर्म वा सम्प्रदायले जस्तोसुकै चाडपर्व मनाए पनि त्यसको वैज्ञानिक आधार एउटै रहेको विश्लेषकहरू बताउँछन् । काम, भोजन, आराम, मनोरञ्जन र सुरक्षा – यी सबै मानवीय प्रवृत्ति हुन् । यिनै मानवीय प्रवृत्तिको आधारमा चाडपर्व मनाउनुका आधार अङ्ग्रेजीका चारवटा ‘आर’ मा विभाजन गरिएको छ ।
१) च्झयखभ (त्याग्नु, छोड्नु वा हटाउनु ः चाडपर्वमा आफ्नो घरआँगन लिपपोत र सरसफाइ गर्नु, रङ्गरोगन गर्नु, पुरानो वस्तु हटाएर नया वस्तु भित्र्याउनु, पुरानो वस्त्र त्यागेर वस्त्रधारण गर्नु, पुरानो विचार त्यागेर नयाँ नवीन सिर्जनाको योजना बनाउनु ।
२) च्भअजबचनभ यच च्भकतयचभ स् जसरी मोबाइल, घडी आदि बेलाबखत रिचार्ज गरिएन भने त्यो बन्द हुन्छ । त्यसरी नै मानवीय ऊर्जा शक्ति सञ्चय गर्न जरुरी हुन्छ ।
३) च्भबिह स् आनन्द प्राप्त गर्नु वा मनोरञ्जन गर्नु । चाडपर्व जीवनको एउटा उत्सव हो । उत्सवमा अनेक परिकार, भोजन र मनोरञ्जनबाट आनन्द प्राप्त गर्न सकिन्छ ।
४) च्भबितष्यल चभलगभ (नातासम्बन्ध पुनःनवीकरण) ः नातासम्बन्ध जीवन भोगाइका क्रममा अनेकौँ कारणले चिसिन सक्छ । चिसिएको सम्बन्धलाई न्यानो बनाउन र न्यानो सम्बन्धलाई अभैm गाढा बनाउन चाडपर्व महत्वपूर्ण अवसर हो ।
उपर्युक्त आधारहरू हिन्दूको दशैँको मात्र नभएर इसाईको क्रिस्मस र इस्टर, इस्लामको रमजान, इदुल फित्र, बकरिद, किरातीको साकेला, उँधौली उभौली, थकालीको फालो, तोरन्ल, गुरुङको टोहोन्टे, ल्होसार, थारुको माघी, मधेशीको छठ र शेर्पाको ग्याल्पो ल्होसार आदिका पनि आधार हुन् भन्दा अतिशयोक्ति हुने छैन किनभने यी पर्वहरू हिन्दूको दशैँजस्तै ठूलो महत्वको पर्व अथवा दशैँ रहेको हामी पाउँछौँ । यो हाम्रो चाड होइन, त्यसैले हामी यसलाई मान्दैनौँ भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । सबै चाडपर्व मानिसकै सिर्जना हुन् । मानव पुर्खाका अनुभव र अनुभूतिबाट संस्कृतिको निर्माण भएको हुनाले भौगोलिक कारण र जीवन जिउने विविधताका कारणले संस्कृति पनि अलगअलग हुन गएका हुन् । सबैले याद गर्नुपर्ने एउटा उदाहरण पेश गरूँ– जापानमा बुद्धको मूर्ति जापानी जस्तै छन् । चीन, थाइल्यान्ड, बर्मा, नेपाल आदिमा उस्तै छ । देवीदेवताका मूर्तिको पनि त्यही हाल छ र मान्छेले आपूmले जे भोजन गर्छ, त्यही वस्तु प्रसाद चढाउँछ । भौगोलिक अवस्थाअनुसार वस्त्र र खाद्य वस्तुमा पनि विविधता छ । यी विविधताका कारणले मानिसहरू आपसमा झगडा गर्नु भनेको मुर्खताबाहेक अरु केही होइन । त्यसैले सबै सम्प्रदायले सहिष्णुता र सद्भाव राख्दै सबैका चाडपर्वहरूलाई सम्मानको दृष्टिले हेर्नु नै मानव कल्याणको हितमा हुनेछ ।
जुनसुकै मतले जेसुकै भने तापनि दशैँ मान्ने तरिकामा विविधता भए पनि आखिर दशैँ त सबै हिन्दूहरूले मनाउँछन् किनभने दशैँको सामाजिक र राजनीतिक महत्व पनि रहेको छ । शरद् ऋतु, वन–उपवनमा ढकमक्क पूmल फुलेका छन् । खेतमा लहलह धानका बालाहरू झुलेका छन् । बारीमा तरकारीहरू, फलपूmलहरू लटरम्म फलेका छन् । वर्षा थामिएको छ । न जाडो छ, न गर्मी । कृषिप्रधान देशका नागरिकहरूलाई हलो, कुटो, कोदालो र हिलो माटोबाट फुर्सद् मिलेको छ । घरपालुवा पशुपन्छीको वंशवृद्धि भएको छ । यही उमङ्गमय वातावरणमा जीजिविषाका लागि टाढाटाढा देश–परदेशमा गएका आफन्तजनहरूसँगको मिलनले कसको मन उल्लासित हँुदैन र ! मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नातासम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवसरको रुपमा पनि दशैँको महत्व छ । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैँ खर्च दिएर दशैँको महत्वलाई अभैm उजागर गरेको छ । हुनेखानेहरूलाई सधैँको दशैँ छँदै छ । हुँदा खानेहरूलाई दशैँ दशा नबनोस् । दशैँ राष्ट्रिय एकताको कारण बनोस् र देशमा सर्वत्र शान्ति छाओस्, विजया दशमीको यही शुभकामना ।