नेपाली नागरि
क बेलायती सैनिकहरुको रगत पसिनाले बनेको आधुनिक धरान नेपालको शहरहरुमा तुलनात्मक ब्यवस्थित र सुन्दर मानिन्छन् । विकाशको गति सँगै एक वर्ष देखि उपमहानगरपालिका भएको धरानको काँधमा अझ ज्यादा जिम्मेवारी थपिएर आएका छन् । जिम्मेवारी निर्वाह सँगै धरान नगरको अब्यवस्थित बसपार्क ब्यवस्थापन गर्नु पहिलो जिम्मेवारी देखिन्
छ । त्यसैगरी वाईपास सडक विस्तार, विभिन्न सवारी रुट ब्यवस्थापन लगायतलाई तुरुन्त हल गर्नुपर्ने हुन्छ ।
वास्तबमा धरानको यातायात ब्यवस्थापन दश वर्ष अघिनै भैसक्नुपर्ने थियो । तर आज सम्म ब्यवस्थापन गर्न सकिएको छैन । केहीवर्ष अघि यातायातलाई ब्यवस्थपन गर्नका लागि धरान नगरपालिका र यातायात ब्यावसायीले बसपार्कलाई अन्यत्र सार्ने प्रयास गर्यो । तर यहाँका कतिपय ब्यापारी र यातायात ब्यावसायीले भानुचौक आसपासको ब्यापारमा गिरावट आउने साथै यात्रुलेपनि सास्ती भोग्नुपर्ने खालको बुझाई हुँदा स्थानान्तरण कार्य स्थगन भयो । अव धरानका सवै ब्यापारी र यातायात ब्यावसायीले बुझ्नु पर्छ । ब्यापारमा गिरावट आउने बुझाई साना बजारको हदमा सही भएपनि उपमहानगर भैसकेको ठाउँमा लागु हुँदैन । धरान अब ठुले ब्यापारिक केन्द्र भैसक्यो । धरानको मुख्य सपिङ सेण्टर, घण्टाघर, वित्तिय कारोवार अनि अहिलेको बसपार्क धरानको विचभागमा पर्ने यावत कारणले यस क्षेकको ब्यापारमा गिरावट आउनुको सट्टा ब्यापारिक गरिमा झन बढेर जानेछ । हामी उदाहरण लिन टाढा जानु पर्दैन । छिमेकी ईटहरी उप–महानगरपालिकालाई हेरे भैगो । ईटहरीमा बसपार्क बनेपछि सवारी चापलाई ब्यवस्थित गराउन ठूलो भुमिका खेलेको छ । बस स्टेसन समेत पहिलेको भन्दा एक किलोमिटर जती टाडा हुँदा ईटहरीको ब्यापार घटेर गएको छैन । बरु अरुले पनि ब्यापार खोल्ने अवसर पाएका छन् । यो मात्र हैन । झापाको विर्तामोड, दमकलाई पनि उदाहरण लिन सक्छौं । काठमाण्डौको गोङ्गबु बसपार्क नबनेको भए पुरानो बसपार्क क्षेत्र कस्तो हुन्थ्यो होला ? धरान सँग तुलना गरिने विराटनगर, पोखरा, बुटवल, नारायणगण सवै शहरमा बसपार्क छन् । बुटवल र नारायणगणमा त धेरै ब्यवस्थित बसपार्क छन् । सवै शहरका बसपार्क मुख्य चौक भन्दा टाढा छन् । धरानले अवपनि भानुचौकमै बसपार्क राखिरहनु हुँदैन । अवपनि यहीँ राखिरहनेहो भने धरानको साख गिरेर जानेछ ।
हो धरानमा वस पार्क सार्नकालागि जग्गा पाउन समस्या पनि छ । वसपार्क सार्न समस्या छ भनेर फेरी पन्छिने अवस्थापनि छैन । धरानमा अझैपनि ठूला फाँटहरु ऐलानी छन् । ति खाली ऐलानी जमिन मालपोत कार्यालयबाट पहिचान गरेर बसपार्क बनाउन सकिन्छ । नगरपालिकाले मालपोत मार्फत उचित ठाउँमा ऐलानी जमिन फेलापरेमा यसलाई बसपार्कको निम्ति उपभोग गरिहाल्नुपर्छ । यदि ऐलानी जमिन अपुरो भएमा उचित मुआब्जा दिएरभएपनि आसपास सहितको जमिनलाई बसपार्क बनाउन सकिन्छ ।
प्रस्तावित बसपार्क
सम्भव भएसम्म बसपार्क बनाउँदा कम्तिमा दुईवटा मुख्य बसपार्क बनाईनु पर्छ । नगरको उत्तरी क्षेत्रमा पहाडसँग पहाड आवतजावत गर्ने यात्रुबस र दक्षिण क्षेत्रमा तराईतीर आवतजावत गर्ने यात्रुबसपार्क बनाईनु राम्रो हुन्छ । झ्ट् सुन्दा यस्तो बसपार्कले यात्रुलाई सास्ती हुने जस्तो भएपनि ब्यवस्थित शहर बनाउने हकमा ट्राफिक नियम अनुसार पनि यो उचित छ । उच्च घनत्व भएको शहरमा यस किसिमको बसपार्क सवैतिर हुने गरेको छ । हामीले यसखाले बसपार्कको उदाहरणको लागि सिलगढी लाई लिन सक्छौं । त्यहाँ सिक्कीम जाने, दार्जेलिङ जाने, टिस्टा पारी जाने, कलकत्ता जाने छुट्टा छुट्टै बसपार्क छन् । यस किसिमको बसपार्क सुरक्षाको दृष्टिले पनि उत्तम हुन्छ । जस्तो अवैध सामान ओसारपसार, आपराधिक ब्याक्तित्वहरु घुसपैठ जस्ता क्रियाकलापमा अधिकतम सुरक्षा हुनेछ । उता साना ब्यावसायीलाई भने रोजगार मिल्ने छ । एक बसपार्कदेखि अर्कोवसपार्क सम्म जाने यात्रुलाई सेवा दिँदा साना सवारीलाई रोजगारी मिल्ने छ । यात्रुको चापलाई नियन्त्रण गर्न सहज हुने यावत फाईदा छन
बसपार्क बनाउँदा शहरको छेउमा, अरुलाई कोलाहल कम हुने ठाउँमा बनाउनु राम्रो हुन्छ । शहरको दक्षिण तर्फको वा तराई जोड्ने बसपार्क बनाउँदा १५ नंवरको साकेलाथान देखि पुर्व तर्फको खेल मैदानलाई उपभोगमा ल्याउन सकिन्छ । वा खोरियाको विद्यालयलाई खेलमैदानमा सारेर खेल मैदानलाई सेउती पारीको ऐलानी जमिनमा स्थानान्तरण गर्न पनि सकिन्छ । त्यसैगरी पुर्वाञ्चल ईन्जिनियरिङ कलेज, जल तथा मौसम विज्ञान विभागको कार्यालय दक्षिण तर्फ ऐलानी जमिनको पहिचान गरेर वसपार्क वनाउन सकिन्छ । त्यसैगरी सेउती खोलाको किनार आसपास ऐलानी जामिन वा कसैले ओगटेको जमिनलाई मुआब्जा दिएर भएपनि बसपार्क बनाउन सकिन्छ । सम्भब भएसम्म रेडियोनेपालले ओगटेको जमिन र यसै आसपासमा अरु जमिन फेला परे त्यसलाई पनि प्रयोगमा ल्याउन सकिन्छ ।
शहरको उत्तर तर्फको वा पहाड जोड्ने बसपार्कको लागि पञ्चकन्या पार्क रहेको डाँडाको फेदीमा बसपार्क बनाउन सकिन्छ । पहाडको आड लिएर मल्टिलेभल पार्किङको प्रविधि अपनाएमा थोरै जमिनमा बसपार्क बनाउन सकिन्छ । यस खाले बसपार्क सिक्कीमको गान्तोक शहरमा पनि छ । यस्तो बसपार्क यहाँ सम्भब नभए धरान रंगशालाको दक्षिण तर्फको जमिनलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । यसरी बसपार्क सरेपछि पुरानो बसपार्कलाई ट्यसी स्टेण्ड सहित फुलवारी बनाउने, ट्यक्सी स्टेण्ड भएको ठउँलाई धराने जनताको आस्थाको प्रतिक हाङ यलम्बरको सालिक सहित पार्क, बनाउन सकिन्छ । त्यसैगरी बाटो साँघुरो भएकाले भानुभक्तको शालिकलाई घण्टाघर परिसरमा स्थानान्तरण गरेर भानुचौकको नामलाई यथावत राख्न सकिन्छ । अहिले भैरहेको पहाडि बसपार्कमा फुलवारी सहितको खुल्ला पार्क बनाउन सकिन्छ । यस किसिमको पार्क सहितको पर्यटकिय बजार सिक्किमको गान्टोक, नाम्ची शहरमा देख्न सकिन्छ । । अहिले भैरहेको नगरपालिका भवन अघाडिको बस स्टेशनलाई यथावत राख्ने । मंगलवारेमा अर्को थप एक सानो बस पार्क बनाउनु पर्छ । मंगलवारेमा बन्ने बसपार्कले वराहक्षेत्र, भरौल, अनि उदयपुर सम्मको यात्रुलाई सुविधा दिने हुनुपर्छ । पानवारी हुँदै याङसिला, लेटाङ, मधुमल्ला देखि दमक जोडिने बस सेवाको लागि दक्षिणको तराई वसपार्कलाईनै प्रयोगमा ल्याउन सकिन्छ । माछाभौडीको पानबारी बसस्टेण्डलाई हटाएर १५ नं. बडाकार्यालयसंगै रहेको बसस्टेण्डमा स्थानान्तरण गरिनुपर्छ ।
चक्रपथ योजना
यसरी बस पार्क अन्यत्र सारेपछि धरानको विचमा फैलिएको कोशी राजमार्गमा चाप आधा भन्दा धेरै कम भएर जानेछ । यसले सम्भावित दुर्घट्ना, फोहोर ब्यवस्थापन, ध्वनी प्रदुसन, सुरक्षा ब्यवस्था लगायतमा स्वतः घटेर जानेछ । त्यसैगरी राजमार्गमा गुड्ने ठूला सवारीलाई वाईपास बैकल्पिक सडक बाट आवतजावत गर्ने ब्यवस्था मिलाईनुपर्छ । बैकल्पिक मार्गको लागि नगरपालिकाले शहरी चक्रपथ योजना बनाएर कार्य थाल्न जरुरी छ । नगरले चक्रपथ अवधारण अनुसार सवारी सञ्चालन गरेमा दुर्घटनामा कमी हुनुका साथै शहरको बाहिरीभागको विकास, सडकमा सवारी जाम हटेर जाने छ । सडक डिभिजनले साहयक राजमार्गको नाममा पुरानो धनकुटे रोड तिरै नापि गरेर बस्यो भने धरानको विकास हैन विनाश हुन्छ । बैकल्पिक मार्ग धरान भित्र हैन अव बाहिर बनाईनुपर्छ । पुरानो बाटो खोज्न थालियो भने बैकल्पिक त के मुख्य राजमार्ग नै सर्ने प्रसस्ती उदाहरण छन् । धरान अव समृद्ध ब्यापारिक शहर बन्नु पर्छ । समृद्धको लागि धनकुटे रोडमा ब्यापारिक महल वा क्षेत्र बन्न जरुरी छ । धरानले विकासको रफ्तारलाई अहिले पनि नअपनाए यहाँका जनताले ईटहरी, विराटनगर, ईनरुवाकै भरपरिरहनुपर्ने हुन्छ ।
यहाँ चक्रपथको लागि उपयुक्त बाटोको विकास यसरी गर्नसकिन्छ । तिनकुनेको सिरिजंघा चौकदेखि पश्चिम घोपा क्याम्पको दक्षिणहुँदै रेलवे सम्म । रेल्वेदेखि भने देखि दुईवटा बाटो बनाईनु पर्छ । एउटा बाटो मंगलवारे हुँदै पुर्व, कल्याणचौक, चतरालाईन हुँदै जनपथ भएर जिरोप्वईण्ट जाने , त्यसैगरी अर्को बाटो रेल्वे देखि उत्तर १७ नं.को साकेलाथान, गैरिगाउँ, नयाँवस्ती हुँदै जनपथको रंगशालाको दक्षिण तर्फ जनपथमा पहिलो बाटो संग जोडेर जिरोप्वईन्टमा पुग्नु पर्छ । तिनकुनेको सिरिजंघा चौक देखि पुर्व पुर्वाञ्चल ईन्जिनियरिङ कलेजको दक्षिणबाट नयाँ बाटो खोलेर माहादेब चौकमा पुराउने माहादेब चौक देखि सिधा उत्तर पुरानो सब्जी बजार हुँदै अमरहाट बाट जिरो प्वईन्टमा दुवै तर्फको बाटो जोडेर चक्रपथ बाटो बनाउनु पर्छ । पुरानोबजार देखि अमरहाटको बाटो साँघुरो भएकाले यो बाटोलाई चौडा बनाउनु जरुरी छ । यी सवै काम सम्पादन गर्नकालागि आवस्यक्ता अनुसार विभिन्न समिति बनाएर काम थाल्नु पर्छ । दमक नगरपालिकाले रिङरोड र बस पार्क निर्मा संगै सञ्चालनमा ल्याएको एक दशक भैसकेको छ ।
साना सवारीको ब्यवस्थापन
समयको माग सँगै ई–रिक्सा धरानमा पनि भित्रिएको छ । ई–रिक्साले पुर्वको सवै सहरमा सेवा गर्न थालेपछि अन्य साना टेम्पो र रिक्सा विस्थापित हुने क्रममा छ । अलिक चलाख टेम्पो चलाउने देखि रिक्सा चलाउने सम्मले पेसा बदल्दै ई–रिक्सा चलाउन थाले । आफ्नो पेसा छाड्न नचाहने, सोझा, गरिव, ईमान्दारहरु अझै पुरानै पेसा अंगाल्न बाध्यछन् । धरान नगरपालिकाले टेम्पो र पाईदल रिक्सालाई अव गहनाको रुपमा संरक्षण गर्नुपर्छ । यसो गर्दा ति ईमान्दारहरुको ब्यावसाय पनि बाँचीरहने छ । त्यसको लागि नगरपालिकाले उनिहरुलाई पैसा दिनु पर्दैन । मात्र उनिहरुले यात्रु बोक्ने रुट तोकी दिनु पर्छ ।
धरानमा टेम्पो चलाउन सम्भावित रुट यि ठाउँहरु तोकिन सकिन्छ । नगर भित्र फैलिएका कोसी राजमार्ग, भानु चौक देखि भोटेपुल हुँदै घोपा सम्म । अर्को भानुचौक देखि देवकोटाचौक हुँदै विजयपुर डाँडा सम्म । त्यसैगरी पाईदल रिक्सालाई भानुचौक देखि राँगा चौक सम्म संचालनमा ल्याउन सकिन्छ । तोकिएको वाहेक सवै बाटोमा ई–रिक्सा आवतजावत गर्न सक्नेछन् । साथै ई–रिक्साले टेम्पो र पाईदल रिक्साको तोकिएको रुटको बाटोलाईभने क्रस गरेर यात्रु ओसारपसार गर्न पाउने ब्यवस्था मिलाउनु पर्छ । साना सवारी ब्यवस्थापनकालागि नगरपालिकाले स्थानिय स्वायत्तसासन ऐन अनुसार छुट्टै टिम खटाउन सक्छन । यसरी विषेश अवस्था बाहेक तोकिएको रुटलाई उल्लंघन गर्ने सवारीलाई जरिवाना गराएर नगरपालिकाले साना सवारी हित वा यस्तै अरु कामकोलागि कोसमा जरिवाना रकम संकलन गर्नपर्छ । यसरी टेम्पो र पाईदल रिक्सालाई पनि नगरले संरक्षण गरे धरानले यातायात क्षेत्रमा समेत पहिचान बनाउने छ । यो सवै काम नगरका कार्यकारी अधिकृत एक्लैले मात्र सम्भब हुँदैन कार्य सम्पादन गर्नकालागि राजनैतिक संयन्त्रले साथ दिनु जरुरी छ । तब धरान पुर्वको मात्र हैन देशकै नमुन शहर बन्ने छ ।