“लोकतान्त्रीक गणतन्त्र कङगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानले दिएका विवरणहरुमा दादुराका कारण मृत्यु हुने बालबालिकाहरुको संख्या आधा घटेको छ ।”, राष्ट्रसङ्घका सहप्रवक्ता फरहान हकले भने ।
“दादुरालाई इतिहास बनाउन असंभव छैन,” युनिसेफका खोप प्रमुख रोबिन नन्दीले भनिन, “संभव बनाउनका लागि हामीसँग ज्ञान र उपाय हामीसँग छ । जति टाढा भएपनि बालबालिकाहरु सम्म पुग्नका लागि हामीसँग राजनीतिक इच्छाशक्तिको खाँचो छ । राजनीतिक इच्छाशक्ति विना बालबालिका यसैगरी मरिनै रहने छन् ।”
दादुरा विरुद्धको विश्वव्यापी अभियानलाई अझै क्षेत्रविस्तार गर्न युनिसेफ, डब्लुएचओ, गाभी, खोप सञ्जाल र रोग नियन्त्रण तथा निवारण केन्द्र क्रियाशिल रहेका छन् । तर प्रयासहरु अझै पनि अपर्याप्त भएका छन् । सन् २०१५मा झण्डै एक लाख ३४ हजार बालबालिकाको दादुराका कारण मृत्यु भएको तथ्यांक छ ।
“यही रोगका कारण बर्षेनी लाखौ बालबालिकाको मृत्यु हुने कुरा स्विकार्नै नसकिने विषय हो । उनीहरुलाई बचाउने प्रभावकारी र सुरक्षित खोप हामीसँग छ र हामी उनीहरुलाई बचाऔं,” स्वास्थ्य सङ्गठनको खोप तथा जैविक विभागका निर्देशक जोन मरिक ओक्योबेलेले भने । उनले थपे, “यही बर्ष अमेरिकी क्षेत्रमा दादुरामुक्त क्षेत्र घोषणा गरिएको छ, यस्ले यो सम्भव छ भन्ने पुष्टी गर्दछ । अव हामी वाँकी विश्वमा पनि दादुरामुक्त क्षेत्र बनाउनु पर्दछ । यो अभियान खोपबाट सुरु गर्नुपर्छ ।”रासस