प्रधानमन्त्री दाहालले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ््यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको पनि बताए । स्व रामप्रसाद राई भोजपुर निवासी थिए । उनले १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । स्व राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेख्नुभएको ‘रामप्रसाद राई’ नामक उक्त कृति ४७२ पेजमा प्रकासित छ । स्व राइकी सुपुत्री लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पारेका थिए । रासस