विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल माथि आक्रमण भएको थियो । झण्डै सय जना अर्धसैनिकहरु सडक खुलाउन त्यस तर्फ जाँदै गरेको प्रेस ट्रष्ट अफ ईन्डीयाले जनाएको छ । भारतको पूर्वी तथा मध्यभागमा चीनका नेता माओ जेडोङ्गबाट प्रेरित माओवादी विद्रोहीहरु झण्डै तीन दशक देखि लड्दै आएका छन । किसान र गरिबलाई धेरै भन्दा धेरै सम्पत्ति र जागिर दिलाउन भन्दै उनीहरुले विद्रोह गरेको बताएका छन । भारत सरकारले यो विद्रोहलाई भारतको सवै भन्दा ठुलो सुरक्षा चुनौतीको रुपमा लिएको छ । एपी