रियालिटी टिभी स्टार क्लो फेरीले आफ्नो लापरबाहीका कारण निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । ब्रिटिस टिभी स्टार क्लो नुहाएपछि छातीमा तौलिया मात्र बेरेर घरबाहिर निस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान सम्हाल्न लाग्दा उनको तौलिया फुस्कियो ।

त्यसपछि उनी बक्स त्यहीँ फालेर तौलिया सम्हाल्दै घरभित्र पसिन् । कसोकसो उनका सो अवस्थाका तस्बिर क्यामेरामा कैद गरिए । अहिले ती तस्बिर इन्टरनेटमा भाइरल भएका छन् । ३१ अगस्ट १९९५ मा जन्मिएकी क्लो बिग ब्रदरको १९औँ संस्करणको अडिसनमा सहभागी भइसकेकी छिन् । आफ्नो असावधानीले गर्दा असहज परिस्थिति भोग्नुपरेकोमा क्लोले पछुतो मानेकी छिन् ।