पानवारी। सहिद स्मृति माविमा कम्प्युटर शिक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ ।
आज (बुधबार) बाट सुरु भएको भागवत धरान–८ स्थित विद्यालय परिसरमा १७ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।
महंगो शुल्क तिरेर पढ्न नसक्ने विद्यार्थीहरुलाई पठनपाठन गराइरहेको विद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्न आर्थिक रुपले कठिनाइ भएकोले दाताहरुबाट आर्थिक संकलन गर्नका निम्ति सप्ताह ज्ञानमहायज्ञको आयोजना गरिएको मूल आयोजक समितिका सचिव रामबहादुर विष्टले जानकारी गराएका छन् । उनका अनुसार कक्षा ९ देखि कम्प्युटर विषयमा प्राविधिक शिक्षा प्रदान गर्ने मुख्य अभिप्रायले महायज्ञ सञ्चालन गर्न लागेको समेत बताइएको छ ।