हालै मात्र जय शम्भुमा अनुबन्धित भएकी बर्षा यतिबेला जिममा आफनो पसिना बगाईरहेकीछिन् । हालसम्म ५ किलो तौल घटाईसकेकी बर्षा अझै ५ किलो घटाउँने प्रयासमा छिन् । सुन्नमा आए अनुसार उनी बिकिनी बडी सेपको लागि कडा मेहनत गरिरहेकीछिन् । कुनै समय प्रेम सम्बन्धबाहेक खासै कुनै बिवादमा नआएकी बर्षाले तौल नियन्त्रण भएपनि बिकिनी नै भने नलगाउँने बताउँछिन् ।
म्युजिक भिडियोसंग संगै चलचित्रमा पनि व्यस्त हुन थालेकी बर्षा ‘जय शम्भु’ लगत्तै ‘बिर बिक्रम २’ मा व्यस्त हुनेछिन् भने उनको अभिनय रहेको चलचित्र ‘भैरे’ पनि रिलिजको तयारीमा रहेको छ ।