त्यसपछि सुरु भएको उनीहरुको वाक युद्ध बेला बेलामा मिडियामा प्रशस्तै देखियो । भनिन्छ पुजाले म यस्तो गीत गाउँछु चलचित्र प्रदिप र सन्तोषको सेख मार्नको लागि नै बनाएकी थिईन् । चलचित्र हिट पनि भयो उता प्रदिप पनि के कम आफनो बलबुतामा नै ‘प्रेम गीत २’ हिट बनाए । सम्बन्धमा नै फाटो आएपछि पुजाले भन्दा प्रदिपले नै बढि आलोचना खेपेको भने सत्य हो ।
आफनो सोचबिचार नगरीकन दिएको अभिव्यक्तिको आलोचना भएपछि बोल्दा समालिन थालेका प्रदिपले एकाएक अन्तरवार्ताहरुमा पुजासंग चलचित्र खेल्न कुनै अप्ठ्यारो नरहेको भन्दै सम्बन्ध सुर्धान प्रयास गरेको हो की भन्ने भान दिएका थिए । करिब २ बर्षको अन्तरालमा प्रेम गीतका प्रेम र गीतबीच अचानक भेट हुँदा बोलीचाली पनि मिसिन गएको छ ।
स्टार मलमा भएको एक कार्यक्रमकाबीच प्रदिप र पुजाको भेट हुन पुग्यो । अकास्मात भेट भएपछि दुबै जना असहज महसुस गरेको तर प्रदिपले नै बोल्न सुरु गरेपछि यी दुईबीच बोलचाल भयो । उक्त दृश्य देख्नेहरुले गजब्बै तरिकाले अनौठो मान्दै हेरेका थिए किनकी कुनै समय पानी बाराबारको अवस्थामा पुगेका प्रदिप र पुजाबीच भएको बोलचालपछि उनीहरुलाई रुचाएका , यो जोडी पर्दामा फेरी हेर्न चाहाने फ्यानहरु भने निकै खुसी भएका छन् ।
हाई हेल्लो सकिएपछि एकाअर्कालाई अंकमाल गर्दे छुटिएका थिए ।के अब प्रदिप र पुुजाको उक्त बोलचाल र अंकमालले दुरी घट्ला ? के भबिष्यमा साच्चै नै यी दुईबीच मित्रता फेरी मौलाउँदै पर्दामा एकसाथ देखिएला ??? त्यो भने आम दर्शकहरुका लागि नै चासोको बिषय हुनेछ ।