दर्शकको प्रतिक्रिया बुझ्न हलसम्म पुगेका निर्माण युनिटमा शत्रु गतेप्रति दर्शकले देखाएको मायामा खुसी देखिएका छन् । उता उपत्यका भित्रको बितरक गोपाल कायस्थका अनुसार गोपी कृष्ण हलमा शत्रु गतेको ओपनिङ बम्पर रहेको बताए भने ऊँ ,अष्टनारायण पनि हाउसफुल रहेको बताए । साथै मोफसलमा पनि ‘शत्रु गते’ ले दर्शकको मिठो साथ पाएको छ ।भोलीबाट यो चलचित्रले माउथ पब्लिसिटीको माध्यमबाट पनि आफनो कलेक्सन बढाउँने अनुमान गरिएको छ । चलचित्रमा पल , आँचल , प्रियंका , दिपकराज गिरी , राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रुचाईएको छ ।
सामाजिक कथाबस्तुमा निर्माण भएको ‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक-दीपा ,शिवहरी पौड्याल , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , बसुन्धरा भुषाल , किरण केसी , राजाराम पौड्याल , नरेन्द« कंसकार लगायतका हाँस्य कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा रमिला आचार्य र यशोदा सुवेदीको लगानी रहेको छ भने कार्यकारी निर्माता भने किरण केसी रहेका छन् । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ।