सुरुवातमा स्वस्तिमाको दिदीको रोलका लागि बर्षा सिवाकोटीलाई गयो उनले करियर दरापमा पर्ने डरले स्वस्तिमाको दिदी बन्न मानिन् । त्यसपछि यो अफर अर्काे बर्षा या नेकी बर्षा राउतलाई गयो । ‘नाई नभन्नुल ४’ बाट नै डेब्यु गरेकी बर्षाले यो अफर स्वीकार गर्छिन् की भन्ने थियो तर उनले पनि स्वस्तिमाको दिदी बन्न मानिन् ।
बर्षाले हात झिकेपछि अन्तत केकीले उक्त अफर स्वीकार गरिन् । केकीलाई स्वस्तिमाको दिदी बन्न कुनै गाह्रो भएन । चलचित्रमा उनको जोडीको रुपमा दिलिप राइमाझी हुने बताईएको छ । चलचित्रमा प्रियंका स्वस्तिमाको आमाको भुमिकामा रहेकीछिन् । यस फ्रेन्चाईजमा अनुभव रेग्मी ,सेड्रिना शर्मा ,राजाराम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
‘नाई नभन्नु ल ५’ मा सम्पुर्ण गीतसंगित पनि तयार भईसकेको छ । यसपल्ट पनि संगितकारको रुपमा चर्चित हस्ती बसन्त सापकोटा नै रहेका छन् । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको ‘नाई नभन्नुल ५’ ले भदौ ८ गतेलाई आफनो रिलिज मिती तोकेको छ ।