केही दिन अगाडीमात्र फान अवार्डमा सहभागी हुनु भएका प्रधानमन्त्री ओलीले आफनो भारत भ्रमण नेपाली चलचित्रकर्मीहरु पनि हुने बताएका थिए । प्रधानमन्त्रीले कलाकारहरुका लागि आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । सोही बमोजिम राजेश हमाल र निर्देशक दिनेश डिसीको प्रधानमन्त्रीको भारत भ्रमणमा पक्का भएको बुझिएको छ ।
नरेन्द« मोदीको निमन्त्रणामा भारत जान लाग्नु भएका ओलीले त्यहाँ बलिडकर्मीसंग पनि भेटघाट हुने कार्यक्रम तय भएको छ । सोही बमोजिम आफनो टिममा चलचित्रकर्मी पनि लाने निर्णय गर्नु भएको हो । प्रधानमन्त्री ओलीले चैत २३, २४ र २५ गते गरी तीन दिनका लागि भारत भ्रमण गर्नुहुने भएको छ ।