शिक्षा मन्त्रीले पहल गर्ने सप्तकोशी बहुमुखी क्याम्पस निर्माणका लागि आफ्नो सहयोग रहने प्रदेश १ का सामाजिक विकास मन्त्रि जीवन घिमिरेले प्रतिबद्धता व्यक्त गरेका छन् ।सुनसरी मोरङ सिचाई योजनाको जग्गामा बन्ने भवनको मन्त्रि घिमिरेले शिलान्यास गरेका थिए । सुनसरी मोरङ सिचाई आयोजना १ नं प्रदेशमा नै पर्ने भएकाले सिचाइको अधिनमा रहेको भूमिलाई शिक्षा मन्त्रालयको अधिनमा ल्याउनु पर्नेमा मन्त्रि घिमिरेले जोड दिएका थिए । स्थानीय सरकारले प्रदेश सरकारमा प्रस्ताव ल्याउने र प्रदेश सभामा प्रस्तुत गर्न सबैले पहल गर्न जरुरी रहेकाले आफ्नो सक्दो प्रयत्न रहने मन्त्रि घिमिरेले बताए । ‘सिलान्यास गर्नु मात्र ठूलो कुरा होइन, भवन निर्माण गरी यहाँका विद्यार्थीलाई पठन पाठन गर्नु प्रमुख हो ।’ मन्त्रि घिमिरेले भने । ‘यस ग्रामीण क्षेत्रका विद्यार्थीहरुको क्याम्पस तहको शिक्षालाई स्थायित्व दिने उद्देश्यले ७ बर्षदेखि महेन्द्र माध्यमिक विद्यालयको भवनमा सन्चालित क्याम्पस अब आफ्नै भवनमा सुचारु हुनु यस क्षेत्रको सौभाग्य हो ।’ नगर प्रमुख खनालले बताए । शिक्षाको बिकास बिना कुनै पनि विकास सम्भव नहुने भएकाले यसलाई नगरको प्राथमिकतामा राखेको नगर प्रमुख खनालको भनाइ छ । यस ग्रामिण क्षेत्रका विद्यार्थी जो बाढीपिडित, ऐलानी जग्गामा बसोबास गर्ने साथै गरिबीका रेखामुनी रहेका छन् । उनीहरुले आफ्नै घरमा बसेर उच्च शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् यस भवन निर्माण गर्ने क्रममा कसैले पनि तेरो मेरो नभनी सबैले हाम्रो भनी काम गर्नुपर्ने सप्तकोशी बहुमुखी क्याम्पसका अध्यक्ष भुवन दाहालले बताए ।