फिल्ममा मलिना , मनिषसंगै स्वरूप पुरुष ढकाल, गोपाल ढकाल (छन्दे) लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । केही समय अगाडी एउटा गीत रिलिज गरिसकेको यो फिल्म पुर्णतय लभस्टोरीमा आधारित छ । बि. एण्ड बि फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्मातामा मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी रहेका छन् ।
फिल्मका कार्यकारी निर्मातामा प्रकाश बास्कोटा रहेका छन् भने सह- निर्माता बिना कार्की हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । तिमी हुन्छौँ जहाँ जहाँमा लेखन तथा निर्देशन विकाश बस्यालको रहेको छ । फिल्म असार ८ गतेबाट अलनेपाल रिलिज हुँदैछ ।