पथरीशनिश्चरे नगरमा स्थापीत क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को सम्पूर्ण कार्य सकेर छांयाकनको सुरु गरेको छ ।
चलचित्रमा कलाकारहरु अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् । यस्तै निर्माताहरुमा अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् । हरि घले लामाले खिच्ने यस चलचित्रको टाइटल सङ जयन जे वाइले तयार पारेका हुन् । सन्तोष राई र भीषणको राई कथा, उत्तमजंग लिम्बुको संगीत, राजेश पायल राई, मेलिना राई र जयन जे वाइवाको स्वर रहेको छ ।