प्रक्राउ पर्नेमा झापा लखनपुर घर भई हाल १० बस्ने ३५ बषीय भरत थापा, सुनसरीको घुस्की घर भई हाल धरान ९ आचार्यलायनमा बस्ने ३९ बर्षीय उमेश सोनी, इटहरी २० का २५ बर्षीय राजु खड्का, धरान ११ का ३१ बर्षीय तुलाराम राई, धरान १३ का रविकुमार राई, धरान ४ का ३७ बर्षीय गुणराज राई , धरान २० का ३६ बर्षीय मिलन राना साम्पाङ राई, र धरान १७ का सञ्जय राई रहेका छन् । पक्राउ परेकामध्ये रविकुमार राई भने नेपाली कांग्रेस सम्बद्ध सुनसरी तरुण दलका क्षेत्रीय उपाध्यक्ष रहेको बताइएको छ । पक्राउपरेका उनीहरुबाट तासको खालबाट तीन बुक तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताए । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसुर अन्तर्गत कारबाही अगाडि बढाइने डिएसपी तिम्सिनाले बताए ।