भाईबर र इमोमार्फत ठूलो रकम चिट्ठा परेको छ भन्दै चिट्ठा बापतको रकम पाउनका लागि कर बुझाउनु पर्ने भनेर उनीहरुबाट पैसा लिने गरेका थिए । उनीहरुले तपाईको चिठ्ठा वापतको २५ लाख रुपैयाको कर वापतको रकम आइएम मार्फत ५० हजारदेखि २ लाखसम्म बुझाएन लगाउने गरेका थिए । उक्त पैसा नेपालमै लिने मान्छे ती ठगहरुले खटाएका थिए । उनीहरु सबै कारोवार आईएइ मार्फत नै गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त पैसा नेपालबाट भारत पठाउने गरेको पाईएको छ । मोरङ प्रहरीले चिठ्ठा प¥यो भन्दै थप दुई जनालाई विराटनगरको तीनपैनी चौकबाट बिहीबार पक्राउ गरेको छ । यस अघि चार जना भारतीय र एक नेपाली गरि पाँच जनालाई विराटनगरको रानी स्थित भन्सार छेउबाट बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका सातै जना ठगी धन्दामा लागि परेका गिरोह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले भारत विहार राज्य अररियाको फारबेसगन्ज बस्ने २५ वर्षिये मनोज कुमार ठाकुर, सोही ठाउँका २३ वर्षिय चन्दन कुमार भगत, २८ वर्षिय पकज कुमार साह, मोरङ कटहरी गाउपालिका ४ बस्ने २० वर्षिय खगेन्द्र प्रसाद रौनियार, सोही ठाउँका २२ वर्षिय प्रेम कुमार साह, २५ वर्षिय रमेश कुमार साह र जहदा गाउँपालिका ७ का २० वर्षिय टुन टुन साहलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये भारतीय नागरिकले चिठा प¥यो भन्दै भाइबरबाट नेपालका विभिन्न व्यक्तिलाई फोन गरेर प्रलोभन देखाएर पैसाँ देखाउने गरेका थिए । चिठा पैसाँ परेको भन्दै पीडितले हालिएको पैसा झिकेर नेपालीले भारतीलाई दिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनालाई प्रहरीले जिल्ला अदालत मोरङमा मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरि थप अनुसन्धान गरिरहेको छ ।