यस्ता कार्यमा सबैभन्दा अगाडी डान्स सेन्टरहरु देखिन्छन् । तिहार सकिएको एक हप्ता पछिसम्म डान्स सेन्टरले देउसी भैलोको नाममा घर घरमा नाचगान गर्ने गरेको छ । मंसिर ७ गते पूर्णिमासम्म देउसी भैलोको नाममा यस्ता डान्स सेन्टरहरुले नाचगान गराउने गर्छन् ।
धरानमा निरन्तर रुपमा ४/५ वटा डान्स सेन्टर सञ्चालनमा आए पनि तिहारका समयमा डेढ दर्जनभन्दा बढी डान्स सेन्टहरु सक्रिय भएको स्वयम् डान्स सेन्टर सञ्चालकहरु बताउछन् । त्यसमा पनि नेपाली मौलिक संस्कृतिको रुपमा खेलिने देउसी भैलोमा नेपालीहरुको राष्ट्रिय बाध्यबाधक मादल, सारंगी, बासुरीलगायत प्रयोग हुन नै छाडेका छन् । ड्रमसेट, गिटार र हाइभोल्टेजको साउन्ड सिस्टमले नै नेपाली मौलिक बाजागाजालाई विस्थापित गरेको छ । हिन्दी गितमा नृत्य देखाईने गरिन्छ ।
धरानको प्रतिष्ठित मानिएको गरिमा डान्स सेन्टरले शुक्रबार साझ धरान ९ आचार्य लाइनमा देउसी भैलो कार्यक्रम गरेको छ । सञ्चालक समिति सदस्य सञ्जु राईले अगाडी नै पत्र बाढि सकेकाले नसकिएको स्थानमा तिहार सकिए पछि पनि कार्यक्रम गरेको बताईन ।
नृत्य बाटिका डान्स सेन्टरका सञ्चालक तथा कोरियोग्राफर रविन धामीको पनि उस्तै भनाई रहेको छ । बाटिकाले पनि शुक्रबारै आफ्नो देउसी भलो कार्यक्रम सम्पन्न गरेको बताएको छ । यस्तै हाम्रो डान्स सेन्टरले भने आइतबारसम्म जारी राख्ने बताएको छ । शनिवार विजयपुर हस्पिटलको चउरी छेउमा कार्यक्रम आयोजना गरेको सेन्टरका सञ्चालक दिवस श्रेष्ठको भनाई पनि गरिमाकी राई र नृत्य बाटिकाका धामीको भन्दा फरक छैन । मौसमी रुपमा निस्किएका डान्स सेन्टरले सत्रिय रुपमा सञ्चालनमा आएका डान्स सेन्टरको छवि धमिलिने गरेका बुझाई श्रेष्ठको पनि छ । तिहारको अन्तिम दिन भाई टिकासाँझसम्मलाई मात्र मनोरत्तजन तथा सांस्कृति कार्यक्रमका लागि छुट हुने अन्य वेला देउसी मैलो तथा सांस्कृतिक कार्यक्रमका लागि नगरपालिका तथा सुरक्षा निकायको अनुमति लिनु पर्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । आफुकाहाँ केही उजुरी जानकारी नआएकाले अव आर्थिक संकलनका लागि भएका सांस्कृतिक कार्यक्रमको निगरानी गर्ने डिएसपी तिम्सिनाले बताए ।