धरान / धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा आज माहिलाहरुले नाचेर तीज मनाएका छन् । रातो सारीमा सजिएका महिलाहरुले दिनभरी नाचेर तीज मनाए ।
धरानको पिण्डेश्वर महादेवको मन्दिरलगायत देशभरको शिवालयहरुमा ब्रतालु महिलाहरुले रमाइलो गरेर तीज मनाएका छन् । उनीहरुले महादेवलाई जल चढाएर आर्शिवातसमेत मागे ।
पिण्डेश्वर बाबाधाम समितिले राखेको नाचगान तथा मनोरञ्जन गर्ने कार्यक्रममा कार्यवाहक मेयर मञ्जु भण्डारीको पनि उपस्थिति रहेको थियो ।
धरानको गीता मन्दिरमा पनि दिदीबहिनी समावेशी समुहले पनि तीज बिशेष कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरियो । प्रदेश सभा सदस्य उमिता बराइलीसमेत नाचगानमा सहभागी थिइन ।