समयले मानिसलाई अवसर र चुनाैतीहरूमा परीक्षण गर्छ क्षमताकाे । कतिपय अवसर वैयक्तिक आकांक्षा र समूहबलबाट मात्र सार्थक उपयाेगमा आउँछन् । मानिसलाई मात्र हाेइन, यस्ता विशेष अवस्थाहरू ठाउँविशेषका लागि पनि झुल्किन्छन् । हामी धरान नगरलाई यस सन्दर्भमा हेर्न सक्छाैं । वर्षाैंदेखि एउटै विचारकाे नेतृत्वलाई धरानले आत्मसात् गरेकाे छ । यस अर्थमा व्यक्तिविशेष त प्रतिनिधि पात्र मात्र हुन्, मूल पक्ष नीतिगत र सैद्धान्तिक अास्थाकाे निरन्तरकाे सफलता तथा समयकाे परीक्षण र कसीमा हरपलकाे अब्बलताकाे प्रमाण नै मान्नुपर्छ । सन्दर्भ धरानकाे स्थानीय उपनिर्वाचनकै हाे र हाे, नेकपाकाे दशकाैंदेखिकाे नगर-नेतृत्वकाे सफल यात्राकाे परम्परा ।
धरानमा अविच्छिन्न बामनेतृत्व
पञ्चायती कालमा पनि जनपक्षीय नेताका रूपमा कम्युनिष्ट प्रतिनिधिहरूकै नेतृत्व देखिन्छ भने ०४६ सालपछिकाे बहुदलीय शासनव्यवस्थामा त अविच्छिन्न बामनेतृत्व धरानकाे परम्परा नै बनेकाे हाे । ०६२/०६३ काे लाेकतान्त्रिक-गणतान्त्रिक जनआन्दाेलनपश्चात् राजनैतिक सङ्क्रमणकाे अन्त्य गर्दै संघीय गणतन्त्रकाे प्रथम मेयरका रूपमा युवा नेता तारा सुब्बाकाे नेतृत्वमा नयाँ सपना र गतिका साथ अघि बढेकाे धरानकाे समृद्धिकाे यात्रामा मेयर सुब्बाकाे असामयिक दु:खद निधनबाट नेकपा र धरानबासीलाई नै स्तब्ध बनायाे ।
घाम बाेकेर काँधमा घामकै रापतापले खारिएका प्रकाश राई ताराका अधुरा सपनाका बिरासत बाेकेर धराने जनताका समृद्धिकाे लागि डटेर लाग्ने प्रतिबद्धताका साथ लम्किएका छन् ।
आखिर समयले पर्खँदैन, सही । घाम बाेकेर काँधमा घामकै रापतापले खारिएका प्रकाश राई ताराका अधुरा सपनाका बिरासत बाेकेर धराने जनताका समृद्धिकाे लागि डटेर लाग्ने प्रतिबद्धताका साथ लम्किएका छन् । नेकपाले प्रकाशलाई आगामी मेयरका रूपमा उभ्याएर राजनैतिक निष्ठाकाे सम्मान, जातीय सघनताकाे कदर तथा इमानकाे इज्जत दिएकाे छ । अबका दिन प्रकाशमा दर्बिला खुट्टामा जुरुक्क उठ्नुपर्छ धरान, मुस्कुराउनुपर्छ धरानेहरू गर्वका साथ । एउटा अनुशासित पार्टी-नेता र इमानदार मित्रका रूपमा धरानकाे समृद्धिका सारथी बन्नेछन् प्रकाश भन्ने विश्वासका साथ प्रत्येक वार्ड र टाेलटाेलमा विश्वासका हातहरू सूर्यमा स्वस्तिक लाउने प्रतीक्षामा छन् ।
लाहुरे बाका कामरेड छाेरा
सामाजिक सेवाकाे दायित्वमा नेपाल रेडक्रस सोसाईटी सुनसरी, नेपाल शान्ति तथा ऐक्यवद्धता प्रवर्द्धन समितिका सदस्यसमेत छन् उनी । उनी घोपा निमावि धरान १७, ज्ञानोदय मावि धरान ११, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका राई किरात राई यायोक्खाको सुनसरी जिल्ला समिति सल्लाहकारसमेत हुन् । खानका लागि बाँचेकाहरूकाे जमातमा समाजसेवा गरेर बाँच्नकै निम्ति मात्र खाने "इसारा"जस्ता पार्टी नेताहरू कति हाेलान् नि प्रकाश कमरेड !
ताराकाे सपना र प्रकाशकाे बिपना
कुनै समय जनसहभागितामा अाधारित विकासनिर्माणकाे प्रशंसनीय क्षेत्रका रूपमा स्थापित धरानकाे सडकसञ्जाल, खानेपानीकाे पर्याप्त अापूर्तिका लागि एडीबी परियाेजना, व्यवस्थित बसपार्क, एयरपाेर्टलगायतका तात्कालिक र दीर्कालिक याेजनाहरूसहित तत्कालीन मेयर ताराकाे नेतृत्वमा थालिएका अधिकांश विकासनिर्माणका अधुरा कामहरूकाे पूर्णता प्रकाशकाे प्राथमिक छनाेटकाे सर्त हाे । भिजन धरानअन्तर्गत यसअघि नै नेकपाले तय गरेका दीर्घायतिक याेजनाहरूसँगै आवधिक वडागत विकासका पक्षहरूमा अहर्निश खट्ने र बाँकी रहेकाे सीमित समयमा धराने जनताका असीमित सपनाहरू पूरा गर्ने कार्यमा आफूलाई समर्पित बनाउने प्रकाशकाे प्रतिबद्धता हाे ।
करकाे करकर, एडीबीकाे धरमर र बसपार्ककाे अलमलजस्ता असजिला कुइनेटाहरू आफ्नाे नाकनजिकै छन् भन्नेमा प्रकाश सचेत छन् । उनी तारा सुब्बाका साथी मात्र हाेइनन् एउटै आस्थाका छाती पनि हुन् । राईकाे छाेरा हुनु प्रकाशकाे वैयक्तिक पहिचान हाे, बाँकी उनकाे जीवनकाे सम्पूर्ण ऊर्जाकाे खपत एउटा इमानदार र अनुशासित कम्युनिष्ट कार्यकर्ता र नेताकाे रूपमा भएकाले उनी बहुसाँस्कृतिक नगरी धरानका छाेरा हुन् पक्का ।
प्रकाश अर्थात् आस्थाका सतिसाल
हाे, उनी जन्मिँदा नेपाल खुम्चिँदै थियाे अधिकारबाट । एकदलीय तानाशाही शासन र उनी सँगसँगैजसाे जन्मिए, तर जन्मँदैका शत्रु भएर । चेतनाले घर गर्न थालेदेखि नै प्रकाशभित्र निरङ्कुशताविराेधी प्रतिराेधकाे वैचारिक आगाे दन्किएकाे हाे । उनी ०३६ सालकाे विद्यार्थी आन्दाेलनमा १९ वर्षका लक्का जवान थिए । विद्यार्थी सङ्गठनहुँदै उनी तत्कालीन काेकेकाे सम्पर्क र सान्निध्यबाट खारिँदै नेकपा मालेका हाेनहार कार्यकर्ता र नेता बनिसकेका थिए ।
कम्युनिष्ट पार्टीहरूमा र यसकाे नेतृत्मा पनि माैसमी हावाले निक्कै असर पारिरहने नेपाली
परम्परामा प्रकाश र उनकाे वृत्त चाहिँ शिरीषकाे रुख नभएर सतिसालकाे चट्टानी अास्थाकाे अडानमा रहिरह्याे ।
२०४६ सालमा नेकपा (माले) सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य राई माले र मार्क्सवादीबीचको एकीकरणपछि नेकपा एमालेमा सक्रिय भए । उनी २०४७ सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य भए । २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरिसकेका राई अहिले नेपाल कम्युनिष्ट पार्टीमा सुनसरी जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा उत्तिकै सक्रियताका साथ पार्टीनिर्माण र संगठन सुदृढीकरणमा लागिरहेका देखिन्छन् । उनकाे यही अविचल आस्था र नि:स्वार्थ निष्ठाले आजकाे प्रकाश राईकाे व्यक्तित्व निर्माण भएकाे हाे ।
प्रकाशका सकसहरू
विमल पुस्तकालयका संस्थापक दाजै पूर्णबहादुर गुरुङका अनुसार धरानमा सबै जान्ने मान्छे मात्र बस्छन् । कसैले कसैलाई टेर्दैन, गन्दैन । साँच्चै, के पुस के चैत सधैंभरि एकाबिहानै ताताे चिया र एक दर्जनजति राष्ट्रिय र स्थानीय अखबारहरू बाेकेर पाठकहरूका बाटामा आँखा आछ्याइरहने पूर्ण दाइकाे याे तीताे अनुभव मार्मिक पनि छ । ज्ञानगुनतिर भन्दा पनि आराम, बखान र जलपानतिर मग्न धरान आफैंदेखि पनि अपरिचित लाग्छ साँझतिर भेट्दा । घाम डुबेपछि फुन नगर्दा हुने महान् बनिरहेका छाैं हामी धरानेहरू । लाहुरेहरूले इमान, समय र लगनशीलताजति बाेकेरै गए सायद हामी अलमल्लमा पाे छाैं कि! नगर सरकारले गरेका राम्रा कुरा र कामकाे पनि आलाेचना नगरे, सत्ताेसराप नगरे दिन जाँदैनजस्ताे नि!
धरान बाठैबाठा मान्छे बस्ने सहरकाे रूपमा चर्चित छ आजभाेलि । यस्ता चाैपट्टै बाठा हामीलाई सम्झाएर, प्वाल परेका कपडा छानीछानी राेजेर लाउने नयाँ पुस्ता र भ्यागुताकाे धार्नी हुने दलहरूलाई धाप मार्दै, मन बुझाएर समृद्धिकाे यात्रामा सँगै काँध मिलाएर अघि बढ्न प्रकाशका लागि असम्भव नभए पनि असहज त पक्कै छ है !
सिटीबसले पनि हर्न बजाउनेछ कान खाने गरी । अव्यवस्थित बसाेबासकाे व्यवस्थापन "सराद्धे गर्नभन्दा सिदा पुर्याउन गाह्राे" जस्तै कठिन तर नगरी नहुने काम काँचै छ । पर्यटन, क्रीडा, साहित्य, कलाजस्ता सयाैं क्षेत्रका काम यति रफ्तारमा सिध्याउनु छ र फेरि धीरताविना भताभुङ्ग हुनेछन् सबै । हाे यिनै सकसका गाँठाहरूले प्रकाशका खुट्टा नकसून् : बस् कामना र साथ हाम्राे ।
दुर्व्यसनी, मान्छे कुटुवा र भेजाहरूकाे सहरबाट बल्लतल्ल कालाे बङ्गुरकाे सहर बन्दै गरेकाे धरानलाई संघीय राज्यले लामाे समयदेखि तिघ्रामा भाटा लाइरहेकै छ । पिएका सुरमा उसले आफैं तिघ्रा ठटाएझैं मान्याे सायद र अधिकाँश सरकारी निकाय र केन्द्रहरू यहाँबाट बसाइँ सार्दासम्म पनि धरान जागेन । एउटा भएकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानेका लागि "बाँदरका हातमा नरिवल" हुन लागेकाे तीताे यथार्थ छ ।
खानेपानीकाे परियाेजना अधुराे छ, विजयपुरकाे खाल्डाे पनि अधुरै छ । जातीय सम्पदाविनाशकाे आराेप लागेका प्रिय नेता ताराकाे जिउँदैमा काजक्रिया गरेर मनाेवैज्ञानिक त्राशदीकाे चुप्पीले मुटुमै धस्काउने आफन्तहरूलाई धराने जनताले पानी पिऊन् वा मरून् मतलब छैन, झगडाका लागि मुख र हात उध्याएर पर्खिरहेका हुनन् । परियाेजनाभित्रै पनि कताकति व्याकरण बिग्रेकाे हाेला । बसपार्क तमासा बनिरहेकै छ दुनियाँका लागि वर्षाैंदेखि । हाल थालिएकाे व्यवस्थित बसपार्ककाे पनि न्वारानभन्दा पहिले व्रतबन्ध गरेकाे आराेप छँदैछ । धरानेकाे चीलगाडीकाे सपनाले प्रकाशकाे पनि निद्रा उडाउला कि! मनाेजमार्का सडकहरू बूढा भइसक्न लागेका छन् । कलिला सयाैं बाटाहरूले प्रकाशलाई ६० लाखकाे चिल्ला गाडीबाट उतार्न खाेज्नेछन् पक्कै । विष्णुपादुका र पूर्वाेत्तर धरान-पहाडलाई छाताचाेक-भानुचाेकसँग मितेरी साइनाे लाउन पनि निक्कै गाह्राे छ । सिटीबसले पनि हर्न बजाउनेछ कान खाने गरी । अव्यवस्थित बसाेबासकाे व्यवस्थापन "सराद्धे गर्नभन्दा सिदा पुर्याउन गाह्राे" जस्तै कठिन तर नगरी नहुने काम काँचै छ । पर्यटन, क्रीडा, साहित्य, कलाजस्ता सयाैं क्षेत्रका काम यति रफ्तारमा सिध्याउनु छ र फेरि धीरताविना भताभुङ्ग हुनेछन् सबै । हाे यिनै सकसका गाँठाहरूले प्रकाशका खुट्टा नकसून् : बस् कामना र साथ हाम्राे ।
नेकपाकाे बिरासत : प्रकाशले झलल
तारा र प्रकाशहरू त प्रतिनिधि पाे त, धरान आखिर कम्युनिष्ट आदर्श र कम्युनिष्ट व्यवस्थापनले सयाैं वर्ष समृद्ध बनेर मुस्कुराउने विश्वास हाे जनतामा छाएकाे याे उत्साह ।
अबकाे समय सूचना र प्रविधिमैत्री छ । प्रकाशजी, तारा अब हामीबाट टाढा पुगे, तर उनकाे आस्थाकाे चमक हामीसँगै छ, तपाइँसँग छ । पार्टी तपाइँकाे आदर्शकाे अडेस छँदैछ, । नेता नीति र नेतृत्वकाे प्रतिरूप न हाे । विधिसम्मत कर्म र सर्वसम्मत निर्णय, निर्णयकाे कठाेर परिपालन, बस् यत्ति कुरा अपरिहार्य । भ्रष्टाचारमाथि चरम दमन र सुशासनलाई प्राेत्साहन नेकपाकाे दशकाैं वर्षकाे यात्राकाे सम्बल बन्नेछ । राजनीतिलाई व्यावसाय हैन, सेवाका रूपमा रूपान्तरण गर्नुछ अब हामीले । नेकपाकाे दायित्व मेयरका रूपमा यहाँमार्फत् धराने जनताकाे समग्र उन्नतिका सूचकहरूकाे सन्दृष्टि नै हाे । भ्रष्टाचारकाे गन्ध सुगन्ध नबनाेस्, जनताका आसुले पाेल्छ भन्ने भावना यहाँ र यहाँकाे नेतृत्वकाे नगरसरकारकाे मन्त्र बनाेस् । विजयकाे सुनिश्चितताकाे कारण यहाँप्रतिकाे थप जनविश्वास यसपटकजस्तै बन्नेछ आगामी दिनमा पनि । तारा र प्रकाशहरू त प्रतिनिधि पाे त, धरान आखिर कम्युनिष्ट आदर्श र कम्युनिष्ट व्यवस्थापनले सयाैं वर्ष समृद्ध बनेर मुस्कुराउने विश्वास हाे जनतामा छाएकाे याे उत्साह ।
सूर्यकाे प्रकाश : प्रकाशकाे साैर्य
अन्त्यमा, धराने जनताले सूर्यकाे न्यानाेपन बिर्सेका छैनन् । तारा भएर पनि उज्यालाे प्रकाशकै निम्ति चम्कियाे धरान र अब प्रकाशकाे उज्यालाे दीप्ति हरमुहारमा छाउने छ । प्रकाशकाे उपनामजस्तै उत्साही र सफल कर्मक्षेत्रतिरकाे "इसारा" मात्र हाे याे । फलामका च्युरा चपाएर ४१ वर्ष राजनैतिक जीवनका आराेह अवराेहले खारिएकाे व्यक्तित्वमाथिकाे भराेसा हाे अवश्य ।
नेकपाकाे समृद्धिका याेजनाहरू काँधमा बाेकेर प्रकाश स्वयं तय गरिरहेछ यात्रा, बस् हामी अग्रीम बधाई भन्छाैं ।