धरान । चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटल ईकमर्सले बिग सिजी डे २२.२.२२ योजना ल्याएको छ ।

फागुन १० गतेदेखि १६ गतेसम्म योजना सञ्चालनमा छ । यस योजनाअन्तर्गत विभिन्न प्रोडक्ट र सेवाहरू विशेष छुटमा उपलब्ध गराउने जनाएको छ ।

यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैङ्ककार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, साथै पहिलो २२ जना ग्राहकलाई  २२ सय रुपैयाँ बराबरको निःशुल्क उपहार प्रदान गरिने भएको छ ।

बिग सिजी डे २२.२.२२ मा सिजी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स, सिजी फुड्स, सिजी नेट, सिजी हिल्स, सिजी एजुकेशन, सिजी हस्पिटालिटी, सिजी सिमेन्ट, सिजी पे र युनाइटेड इन्सुरेन्सका प्रोडक्टमा विशेष सुविधा रहेको छ ।