धरान । फ्रेसो क्यान्डीले ‘फ्रेसो ब्रेथ’ अभियान सुरु गरेको छ । ताजा श्वास भनी प्रचार सुरु गरिएको हो ।

यसले किशोर र युवावर्गबीच रमाइलो र स्फूर्तिदायी क्षणहरू प्रदान गर्ने बताइएको छ । फ्रेसो ब्रेथको अहिले विभिन्न माध्यमबाट प्रचारलाई व्यापक बनाइएको जनाइएको छ ।

नेपाली मिन्ट क्यान्डी उद्योगमा हिस्सा रहेको क्यान्डीमा मेन्थालिप्टस फ्लेवर क्यान्डी रहेको जनाइएको छ । आकर्षक बनावट र लामो समयसम्म प्राप्त हुने उत्कृष्ट मिन्ट स्वादले श्वासलाई ताजा बनाउने जनाइएको छ ।

सुजल फुड्स प्रालिको यो उत्पादन ४८ वर्षदेखि निरन्तर सञ्चालन रहेको जनाइएको छ । सुजलले कन्फेक्सनरी ब्रान्डहरू चोकोफन, रसिलो, क्रेभ उत्पादन गर्दै आएको मार्केटिङ विभागले जनाएको छ ।