विराटनगर । ‘मोरङ व्यापार सङ्घ टे«ड एक्स्पो’ २०२२ हुने भएको छ । स्वदेशी उद्योगको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १८ देखि २६ गतेसम्म एक्स्पो हुने भएको हो ।
मोरङ व्यापार सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गर्दै एक्स्पोमा नयाँ र विद्यमान उत्पादनका सेवाहरू प्रदर्शन गर्ने, स्वदेशी, विदेशी उत्पादनहरू राख्ने र लगानीको सम्भावनाहरूबोर छलफल गर्ने मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए । हप्तादिनसम्म सञ्चालन हुने एक्स्पोमा २ सय ७५ वटा स्टल रहनेछन् ।
प्रविधियुक्त एसी, कुलरसहितका स्टलमा रहने एक्स्पो संयोजक विकासकुमार बेगवानीले जानकारी दिए । एक्स्पोमा एसीसहितका ८० वटा स्टल रहनेछन् । कुलरसहितका स्टल ६० र नर्मल स्टल १ सय ६ वटा रहने मेला संयोजक बेगवानीले जानकारी दिए ।
एक्स्पोलाई थप आकर्षक बनाउन जिप लाइन, रिभर्स बन्जी, जिप साइक्लिङलगायतका साहसिक खेलकुद र सेल्फी जोन पनि रहनेछ । आन्तरिक र वाह्य पर्यटक भित्र्याउन आयोजकले यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमुनाहरू (लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदि) मुख्य आकर्षण रहेको संयोजक बेगवानीले बताए ।

‘अहिलेसम्मको मेलाको इतिहासमा साहसिक खेलहरू राख्ने यो मेला पहिलो हुनेछ’ उनले भने, ‘त्यसका साथै ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूबाट साङ्गीतिक कार्यक्रमहरू हुनेछन् ।’ करिब ३ करोड खर्च हुने मेलामा ४० देखि ४५ करोडको कारोबार गर्ने अपेक्षा राखेको मेला संयोजक बेगवानीले बताए ।
‘हप्तादिनसम्म सञ्चालन हुने मेलामा प्रदेश १ सहित छिमेकी मुलुक भारतसम्मका आन्तरिक र वाह्य पर्यटकहरू मेलामा आउने अपेक्षा राखेका छौं’ उनले भने, ‘यस पटकको मेलामा करिब तीन लाख दर्शक आउने अपेक्षा छ ।’