धरान । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ ।

कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ । ग्राहकले अब करसहित मात्र १ सय २९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र १ सय ९९ रुपैयाँमा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।यीबाहेक यसअघि नै सञ्चालित डेटा प्याकहरूमा डेटा भोल्युम पनि बढाएको छ । ग्राहकले मात्र १ सय ६९ रुपैयाँमा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् ।

योभन्दा बढी भोल्युम आवश्यक पर्नेले २ सय ६९ रुपैयाँमा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग गर्नसक्ने जनाइएको छ । त्यस्तै ५ सय ९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्नेछन् । जस अन्तर्गत ग्राहकले हरेक दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।