वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वार्ड नं २ को बयरबन सामुदायिक वन उपभोक्ता समूहले आइतबार छैठौं साधारणसभा सम्पन्न गरेको छ ।

प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कर्ण बहादुर खड्काले, आर्थिक वर्ष २०७७/७८ को आम्दानीतर्फ १० लाख ५२ हजार ८ सय ८० रुपैयाँ र ३ लाख ९२ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको बताए । वनको लेखा प्रतिवेदन उदय ठटालले पेश गरे ।

कार्यक्रममा स्वागत मनतव्य दिँदै सदस्य पुष्पदिप पौडेलले वनले आर्थिक वर्षमा बाल उद्यान र पिकनिक स्पट बनाउँनेसहित विभिन्न कार्य योजना बनाईएको बताए । 

वार्ड नं २ अध्यक्ष हरिकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा सिंहदेवी स्थितवनको भवनमा कर्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रविना राउतले गरेकी थिईन् ।