विजयपुर । आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि दलीय तथा स्वतन्त्रहरूले उम्मेदवारी दिइसकेका छन् । १ नं. प्रदेशमा प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्र रहेका छन् । जम्मा ४ सय ३७ जनाले उम्मेदवारमध्ये ३२ दशमलव ०३ प्रतिशत स्वतन्त्र उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगको आँकडाअनुसार एक नम्बर प्रदेशबाट जम्मा १ सय ४० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । १ नं. प्रदेशका २ क्षेत्रमा मात्रै स्वतन्त्र उम्मेदवार छैनन् भने अन्य सबै निर्वाचन क्षेत्र स्वतन्त्रहरूले उम्मेदवारी दिएको निर्वाचन आयोगको आँकडाले देखाएको छ । ओखलढुङ्गा र सोलुखुम्बुमा स्वतन्त्र उम्मेदवार नभएको आँकडाले देखाएको छ ।

प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मोरङको क्षेत्र नं. ३ मा ३१ जना, सुनसरी क्षेत्र नं. २ मा २७ जना, सुनसरी क्षेत्र नं. ४ मा २५ जना र झापा क्षेत्र नं. ५ मा २५ जनाले उम्मेदवारी दर्ता गराएको आयोगको आँकडाले देखाएको छ ।

मोरङ क्षेत्र नं. १ मा १४ जना उम्मेदवारमा ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । मोरङ क्षेत्र नं. २ मा १३ जना उम्मेदवारमध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । मोरङ क्षेत्र नं. २ का ३१ उम्मेदवारमध्ये १९ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा एमालेका नेता भानुभक्त ढकाल, काङ्ग्रेसका सुनिलकुमार शर्मा र राप्रपाकी रेखा थापा पनि प्रतिस्पर्धामा छन् ।

मोरङ क्षेत्र नं. ४ मा १६ जना उम्मेदवारमध्ये ६ जना स्वतन्त्र उम्मेदवार छन् । मोरङ क्षेत्र नं. ५ मा १६ उम्मेदवारमध्ये ८ जना स्वतन्त्र उम्मेदवार छन् । मोरङ क्षेत्र ६ मा १५ जना उम्मेदवारमा ३ जना स्वतन्त्र उम्मेदवार छन् । सो क्षेत्र एमालेका लालबाबु पण्डित र काङ्ग्रेसका डा. शेखर कोइरला प्रतिस्पर्धामा छन् ।

झापा क्षेत्र नं. १ का १५ जना उम्मेदवारमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन् । झापा क्षेत्र नं. २ का  १८ जना उम्मेदवारमध्ये ५ जना स्वतन्त्र उम्मेदवार छन् । झापा क्षेत्र नं. ३ का १८ जना उम्मेदवारमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन् । झापा क्षेत्र नं. ४ का १८ जना उम्मेदवारमध्ये ६ जना स्वतन्त्र उम्मेदवार छन् ।

झापा क्षेत्र नं. ५ का २५ जना उम्मेदवारमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन् । यो एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । सुनसरी क्षेत्र नं. १ मा २० जना उम्मेदवार छन् भने ११ स्वतन्त्र उम्मेदवार छन् । सुनसरी क्षेत्र नं. २ का २७ जना उम्मेदवारमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । सुनसरी क्षेत्र नं. ३ का २२ जना उम्मेदवारमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । सुनसरी क्षेत्र नं. ४ का २५ जना उम्मेदवारमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

उदयपुर क्षेत्र नं. १ का १६ जना उम्मेदवारमध्ये १ स्वतन्त्र छन् भने उदयपुर क्षेत्र नं. २ का १२ उम्मेदवारमध्ये २ स्वतन्त्र छन् । इलाम क्षेत्र नं. १ का ११ जनामध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन् भने इलाम क्षेत्र नं. २ का १४ जनामध्ये २ स्वतन्त्र उम्मेदवार छन् । ताप्लेजुङको क्षेत्र नं. १ का ११ जना उम्मेदवारमध्ये २ जना स्वतन्त्र उम्मेदवार छन् ।

पाँचथरका १५ जना उम्मेदवारमध्ये ४ जना स्वतन्त्र उम्मेदवार छन् । सङ्खुवासभाका १२ जना उम्मेदवारमध्ये २ स्वतन्त्र छन् । तेह्रथुमका १० जना उम्मेदवारमध्ये १ जना स्वतन्त्र छन् । भोजपुरका ११ जना उम्मेदवारमध्ये ३ जना स्वतन्त्र छन् । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको निर्वाचन क्षेत्र हो । धनकुटाका ७ उम्मेदवारमध्ये १ जना स्वतन्त्र छन् । खोटाङका ८ जना उम्मेदवारमध्ये १ जना स्वतन्त्र छन् । सोलुखुम्बुमा ८ जना उम्मेदवार  रहेका छन् भने स्वतन्त्र उम्मेदवार छैनन् । ओखलढुङ्गामा पनि ८ उम्मेदवार छन् भने स्वतन्त्र छैनन् ।