विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा २ सय २७ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ ८ जना गरी ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन कार्यालय मोरङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजु मण्डल राजवंशीले मोरङ क्षेत्र नं. ६ को प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले बागी उम्मेदवार दिएका थिए । गठबन्धनबाट यहाँ काँग्रेसका नेता डा. शेखर कोइराला उठेका छन् ।
यसैगरी सुजता थापाले मोरङ क्षेत्र नं. १ को प्रतिनिधी सभा सदस्यीयमा दिएको उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिएकी थिइन् । यसैगरी मोरङ क्षेत्र नं. ४ बाट गोकुल प्रसाद पोखरेलले दिएको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादी पार्टीबाट दुई वटा प्रदेशतर्फ बागी उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्यीय महेश रेग्मीले मोरङ क्षेत्र नं. ४(२) र एकीकृत समाजवादी मोरङका प्रवक्ता वसिम आलमले मोरङ क्षेत्र नं. ६ (२) मा दिएको उम्मेदवारी उम्मेदवारी फिर्ता लिएका छन् ।
यस निर्वाचन क्षेत्रमा गठबन्धनबाट काँग्रेसले टिकट पाएको छ । गठबन्धनबाट काँग्रेसका केन्द्रीय सदस्यीय तथा विराटनगर महानगरपालिका पुर्व मेयर भिम पराजुलीले मोरङ क्षेत्र नं. ४(२) र काँग्रेसबाट मोरङ क्षेत्र नं. ६(२) बाट केदार कार्की उठेका छन् ।
यसैगरी मोरङ क्षेत्र नं. १(२) मा उम्मेदवारी दिएका डिल्लीराम शर्मा अधिकारी, मोरङ क्षेत्र नं. ३(२) तिलक प्रसाद राई, सोही निर्वाचन क्षेत्रबाट कञ्चन कुमार बुढाथोकी, मोरङ क्षेत्रन नं. ५(२) बाट भुराज राई, मोरङ क्षेत्र नं. ६(२) बाट जीवन कुमार गुप्ता र सुरेश कुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरू सबै जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
संघ तर्फ ६ र प्रदेश तर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिएपछि आधिकारी उम्मेदवारको संख्या २ सय १४ जना रहेको १ नं. प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यव अधिकारीले जानकारी दिए । उनका अनुसार संघतर्फ १ सय ५ र प्रदेशमा १ सय ९ जनाको अन्तिम नामवली बुधबार प्रकाशित गरिएको बताए ।
मोरङमा दुई जनाको उम्मेदवारी खारेज
मोरङमा संघ र प्रदेशतर्फ २ सय २७ जनाको उम्मेदवारी दर्ता गराएको मध्ये दुई जनाको उम्मेदवारी खारेज भएको छ । मोरङ क्षेत्र नं. १(१) मा स्वतन्त्रबाट उम्मेदवारी दिएका प्रेम बर्देवाको र मोरङ क्षेत्र नं. २(१) बाट जनमत पार्टीबाट उम्मेदवारी दिएका दिपेन्द्र कुमार चौधरीको उम्मेदवारी खारेज भएको हो ।
बेर्दवा कालो सूचीमा परेको र चौधरीले स्थानीय तहमा उठेको बेला खर्च बिवरण निर्वाचन आयोगमा नबुझाएको कारणले उनीहरूको उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालयले जनाएको छ ।