विजयपुर। नेकपा (एमाले) तथा जनता समाजवादी पार्टी नेपालका उद्योग व्यवसायी क्षेत्र संयुक्त परिचालन उपसमिति निर्वाचन परिचालन कमिटिले शुभकामना आदान प्रदान तथा भेला कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार सुनसरी क्षेत्र नं. १ प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन परिचालन समितिले दशैँ, तिहार, नेपाल सम्वत्, छठ, उद्योलीउभौलीलगायत चाडपर्वको शुभकामना तथा भेला कार्यक्रम सम्पन्न गरेको हो ।
केदार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपालका सङ्घीय परिषद अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक राई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी, १ नं. प्रदेश सभामुख प्रदिप कुमार भण्डारी, जसपाका राजनीतिक समिति सदस्य दिपक मेन्याङ्बोलगायताको उपस्थिति रहेको थियो ।