देउराली । आगामी आर्थिक वर्षका बजेटको तयारी हुँदै गर्दा धरानकाका राजनीतिक दल तथा वडाध्यक्षहरू आफ्नो क्षेत्रमा योजना लिएर सङ्घीय राजधानी काठमाण्डौं लागेका छन् ।
आइतबार धरान १७ स्थित रेलवेमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०८०र०८१ का लागि धरान र सुनसरी क्षेत्र नम्बर १ को विकासका लागि विभिन्न ३० वटा योजना प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर योजना पेस गर्ने बताएका छन् ।
धरानका राजनीतिक दलका प्रतिनिधि तथा केही वडाध्यक्ष सहभागी उक्त टोली धरानको खानेपानी समस्या, कोसी वा तमोर सुरङ्ग मार्ग तथा खानेपानी आयोजना, धरान रङ्गशालाको पूर्वाधार निर्माण, सञ्चार ग्राम निर्माण, धरानको सहर क्षेत्रमा विद्युत् लाइन भूमिगत गर्नु पर्ने, सर्दु, सेउती र सुनसरी खोलामा तटबन्ध, औद्योगिक ग्राममा पूर्वाधार विकास, प्रादेशिक प्रदर्शनी केन्द्रको निर्माणलगायतका योजना लिएर काठमाडौँ जान लागेका बताए ।
भ्रमणका बारेमा जानकारी दिँदै नेपाली काँग्रेस धरान उपमहानगर सभापति श्याम पोख्रेलले भने " धरानको विकास निर्माणको एजेन्डा बोकेर हामी धरानमा क्रियाशील राजनीतिक दल नेपाली काँग्रेस , नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र धरानका विभिन्न वडाका वडाध्यक्षहरू सहित हामी काठमाण्डौँको यात्रामा छौँ । "
उनले विगतमा बजेट विनियोजन हुने बेलामा सत्तासीन दलका प्रतिनिधिहरू मात्र योजना लिएर जाने गरेको भए पनि यस पटक भने संयुक्त रूपमै जान लागेका बताए । पोखरेलले भ्रमण टोलीमा दलका प्रतिनिधि वडाध्यक्ष तथा धरानका पूर्व नगरप्रमुख, संसदलयात रहने भन्दै , प्रधानमन्त्री, मन्त्रीहरूका साथै पूर्व प्रधानमन्त्रीहरूसँग पनि भेटघाट हुने बताए ।
भ्रमण टोलीमा नेकपा एमालेका अध्यक्ष हर्कजङ एभेङ, नारायण सुवेदी, मीन सुब्बा, नेपाली काँग्रेसका सभापति श्याम पोखरेल, माधव घिसिङ, माओवादी केन्द्रबाट फोक्वाहाङ सुब्बा ९चोत्लुङ०, जसपाका ताजुब लिम्बु लगायत रहेका छन् भने वडाअध्यक्षहरुमा वडा नं १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई ९मनोज०, वडा १६ का अध्यक्ष मुरारी भट्टराई, वडा २० का अध्यक्ष पदम लिम्बु, वडा ९ का अध्यक्ष रुपेश आचार्यलगायत छन् ।
आज काम विशेषले छुटेकाहरू भोलि वा केही दिनपछि जाने पोख्रेलको बताए ।
यस्ता छन् योजनाहरू ः
- धरानको खानेपानी समस्या समाधान गर्न १० वटा डिप बोरिङलगायत पूर्वाधार विकासको लागी धरान खानेपानी व्यवस्थापन बोर्डलाई बजेट माग
- कोसी वा धरान–तमोर सुरुङ मार्ग तथा खानेपानी आयोजना ।
- धरान रङ्गशालामा रङ्गशालामा फ्लड लाइट, प्याराफिट, बहुउद्देश्यीय कवर्ड हल लगायतका पूर्वाधार विकासका
- भक्तराज कन्दङ्वा क्रिकेट रङ्गशाला
- धरान र वराहक्षेत्रको लागि सञ्चार ग्राम निर्माण
- पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक विद्यालय कलेजमा विकास गर्ने
- कोसी नदी वराहक्षेत्र, चतरा क्षेत्रमा तलवन्धन निर्माण ।
- धरान सहर क्षेत्रको विद्युत् प्रसारण लाइनलाई भूमिगत गर्ने,
- धरान धनकुटा ३३ केभी प्रसारण हाइटेन्सन लाइनको एलाइन्मेन्ट परिवर्तन गर्ने अनुरोध
- सर्दु र सेउती र सुनसरी खोला तटबन्ध गर्ने
- धरान ५ र १७ मा प्रादेशिक प्रदर्शनी केन्द्र स्थापना गर्न
- वीपी पार्कको गुरुयोजना बमोजिम निर्माण
- मदन भण्डारी लोक मार्गको एलाइमेन्ट परिवर्तन गरी बस्ती छेउबाट लानु पर्ने
- धरान ६ को औद्योगिक ग्राममा पूर्वाधार निर्माण
- नाटक घर निर्माण
- सप्तरङ्गी पार्क पूर्वाधार विकाश
- ऐतिहासिक पुरातात्त्विक तथा मन्दिर क्षेत्रको संरक्षण तथा विकास
- बहुजातिय संग्रहलय निर्माण
- दलित संग्राहलय निर्माण
- अमाह सिमसार, रास ताल पर्यटन, भरौला वराहक्षेत्र
- विजयपुर दरबार क्षेत्र संरक्षण
- धरान मङ्गलवारे–विष्णुपादुका–आहाले धनकुटा– तमोर कोरिडोरसम्म सडक निर्माण
- धरान हरियाली इचोल सडक
- तरहरा– कुमारखद –पाञ्चायन–तीनकुने सडक निर्माण
- लेउती तमोर सुरुङ मार्ग खानेपानी आयोजना
- खैरेनी– ठिङ्गाबारी–हर्दिया सडक निर्माण
- मिलन चोक देखी सुर्यकुण्ड वर डाँडा सडक
- धरान चतरा, त्रिवेणी, टकसार, भोजपुर सडक निर्माण
- धरान विमानस्थलको जग्गा व्यवस्थापन गर्न,
- वीपी प्रतिष्ठानको शिक्षक, कर्मचारीको वृत्ति विकास तथा एमआरआई मेशिन खरिद, कार्डियोलोजी र अंकोलोजी सेन्टर स्थापना, आइसियु र डायलाइसिस सेवा विस्तार
- कृषि क्षेत्रको विकास
- कोसी लोक मार्गको मापदण्डबारे पनि प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयमा पनि छलफल
- ट्राफिक प्रहरी कार्यालयको तथा वडा प्रहरी कार्यालयको भवन