नेकपा एमाले धरानले आसन्न प्रदेश अधिवेशनका लागि छनोट भएका प्रतिनिधिलाई शुभकामना तथा निर्वाचन कमिटीलाई धन्यवाद ज्ञापन गरेको छ ।

छनोट भएका १८ प्रदेश प्रतिनिधिलाई प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा धरान नगर इन्चार्ज जगदिश कुसियत, एमाले सुनसरी उपाध्यक्ष तथा धरान नगर इन्चार्ज निलम खनाललले प्रदेश प्रतिनिधि प्रमाणपत्र प्रदान गरेका थिए ।

Uml dharan pradesh pratinidhi1


४४ प्रत्याषीबाट बाट १८ जना सर्वसम्मत प्रतिनिधि छनोट गरेको एमाले धरानले औपचारिक कार्यक्रमको आयोजना गर्दै शुभकामना दिएको हो ।

प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा असोज ५ गतेदेखि प्रतिनिधि छनोट भएका थिए । प्रदेशभरबाट करिब ११ सय प्रतिनिधि छनोट गर्ने तय भएको थियो ।

कोशीको नयाँ नेतृत्वको लागि एमाले केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान प्रदेश अध्यक्ष तुलसी न्यौपाने, उपाध्यक्ष टीकाराम चेम्जोंग, प्रदेश सचिव चिन्तन पाठक, प्रदेश प्रचार विभाग प्रमुख घनश्याम खतिवडालगाएतका नेता आकांक्षी छन् ।

Uml dharan pradesh pratinidhi2


असोज १२ र १३ गते विराटनगरमा हुने एमालेको प्रथम अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।