Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने

नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने

alt
  • असोज १९, २०८०
  • ब्लाष्ट खबर

आज शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । नर्वेमा विशेषज्ञहरूको एक प्यानलले आज शुक्रबार ३५० जना नामाङ्कनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दैछ ।

गत वर्ष उक्त पुरस्कार युक्रेन, बेलारुस र रुसका मानवअधिकार कार्यकर्ताहरूले जितेका थिए । यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उनको बेलारुसी समकक्षी र अन्य सहयोगीहरूको कडा आलोचनाका रूपमा हेरिएको थियो ।

नोबेल शान्ति पुरस्कार व्यक्तिगत वा संस्थागतरूपमा प्रदान गरिन्छ। विगतमा यो पुरस्कार पाउनेहरूमा नेल्सन मण्डेला, बाराक ओबामा, मिखाइल गोर्बाचेभ, आङ सान सु की र संयुक्त राष्ट्रसङ्घलगायत थिए ।स्टकहोममा छनोट र घोषणा गरिने अन्य नोबेल पुरस्कारभन्दा फरक यो शान्ति पुरस्कार यसका संस्थापक अल्फ्रेड नोबेलले पाँच सदस्यी नर्वेली नोबेल कमिटीले ओस्लोमा निर्णय गर्ने प्रदान गर्ने निर्णय गरेका थिए ।

यो पुरस्कार छनोटका लागि नर्वेली संसदले एउटा स्वतन्त्र प्यानेल नियुक्त गर्दछ । यो वर्ष उक्त कमिटीले व्यक्तितर्फ दुई सय ५९ र संस्थागततर्फ ९२ गरी कूल तीन सय ५१ को मनोनयन प्राप्त गरेको छ । मनोनयन गर्न सक्नेहरूमा पूर्व नोबेल शान्ति पुरस्कार विजेता, कमिटीक सदस्यहरू, राष्ट्र प्रमुखहरू, सांसदहरू र राजनीति शास्त्र, इतिहास तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक रहेका छन् ।

नोबेल शान्ति पुरस्कार यो वर्ष घोषणा गरिने पाँचौँ नोबेल पुरस्कार हो । बिहीबार नोबेल कमिटीले नर्वेली लेखक जोन फोसालाई साहित्यतर्फको पुरस्कार प्रदान गरिने घोषणा गरेको थियो । बुधबार रसायनशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकहरू मुङ्गी बावेन्डी, लुइ ब्रस र अलेक्सेई इकिमोभलाई प्रदान गरिने घोषणा भएको थियो ।

त्यसैगरी मङ्गलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली मूलका स्विडिश वैज्ञानिक एन लहुइलियर, फ्रान्सेली वैज्ञाकि पिएरे अगोस्टिनी र हङ्गेरी मूल्का फेरेन्क क्रुस्जलाई दिने घोषणा भएको थियो । सोमबार चिकित्सातर्फको पुरस्कार हङ्गेरी मूलका अमेरिकी नागरिक क्याटालिन कारिको र अमेरिकी चिकित्सक ड्रिउ वेसम्यानले जित्नुभएको थियो ।

नोबेल पुरस्कारको सिजन सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणासँगै सकिने छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई औपचारिकरूपमा अल्फ्रेड नोबेलको स्मृतिमा अर्थशास्त्र विज्ञानमा बैंक अफ स्विडेन प्राइज भनिन्छ। यी पुरस्कार आगामी डिसेम्बरमा ओस्लो र स्टकहोममा प्रदान गरिने छ । पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा विजेताहरूले १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्राप्त गर्नेछन् ।

यो पनि - शिक्षक महासङ्घसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको माग यो पनि - दुर्गम बस्तीमा फोरजीमार्फत इन्टरनेटको पहुँच यो पनि - खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण यो पनि - हिमतालमा आएको बाढीबाट भारतमा मर्नेहरूको संख्या ४० पुग्यो यो पनि - वास्तु शास्त्रको अध्ययन र अनुसन्धानका लागि नेपाल र अमेरिकाबीच सम्झौता गरिने यो पनि - मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा यो पनि - श्रीलङकामा बसमा रुख खस्दा पाँचको मृत्यु यो पनि - नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा यो पनि - ब्राजिलमा दुई छुट्टाछुट्टै गोलीकाण्डमा नौको मृत्यु यो पनि - गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
सम्बन्धित समाचार
आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ  । सबै प्रदेशक ...

इटहरीमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

इटहरी । इटहरी उपमहानगर क्षेत्रमा क्षयरोगबाट वार्षिक ३५ जनाको मृत्यु हुने गर ...

पियुले लिएको इन्जिनियरिङको परीक्षामा आर्थिक चलखेलको आशङ्का

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पियु) अन्तर्गत सञ्चालित इन्जिनियरिङतर् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
इटहरीमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु
पियुले लिएको इन्जिनियरिङको परीक्षामा आर्थिक चलखेलको आशङ्का
नगर प्रमुखको नियतमाथि प्रश्न
बीपीलाई अझै बुझाएनन् करोडौँ बक्यौता
अदालतको आदेशपछि तामाङ पुनः बहाल
नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त
बन्धक बनाइएका १२ बालबालिकाको उद्धार
कोशी प्रदेशको खेलकुद क्षेत्रको दुरावस्था उजागर
आजको राशिफलः २०८२ साल असार ४ गते बुधबार
आजको मौसम: कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
खस्कियो कोशी प्रदेशको खेलः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी स्वर्णविहीन
धरानमा ‘श्रमदान’ कि ‘राजनीतिक स्वार्थ’ ?-नगर प्रमुख–उपप्रमुख द्वन्द्व चुलियो
सार्वजनिक जग्गा विवादमा चार घाइते
गर्मी छल्न तराईका मान्छे पहाडतिर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved