याक्थुङ चलचित्रकर्मी सङ्घ, नेपालको आयोजनामा धरानमा बलिहाङ तङ्नामको अवसरमा लारिङ्गे नाम्लिङ्गे थिम्बे-२०८० आयोजना गरिएको छ ।

याक्थुङ परिकारका खानपिन तथा सांस्कृतिक कार्यक्रममा याक्थुङ (लिम्बू) जातिका खानाका परिकारसँगै कला, संस्कृति, भेषभूषा र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।

Yakthung Chalchitra laringe namlinge1


बलिहाङ तङ्नामको अवसरमा लारिङ्गे नाम्लिङ्गे थिम्बे (देउसी- भैलो कार्यक्रम) घरघरमा गएर प्रदर्शन गरिंदै आएको भए पनि याक्थुङ चलचित्रकर्मी सङ्घ, नेपाल केन्द्रीय कार्यालय धरानको आयोजनामा एकै ठाउँमा उत्सवका रुपमा आयोजना गरिएको याक्थुङ चलचित्रकर्मी सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी दिए ।

Yakthung Chalchitra laringe namlinge2


उत्सवका अवसरमा याक्थुङ जातिका मौलिक परिकारहरु याङ्बेन, बासको ढुंग्रोको तोङ्बा, सुँगुरको आन्द्राभुँडी, फिलिङ्गेको अचार, आलुदम सेलरिटीले उपस्थित अतिथिको सत्कार गरिएको छ ।

उत्सवमा याक्थुङ कला, संस्कृतिहरु धान नाच, ख्याली, पालाम, च्याब्रुङ नाच, आधुनिक लिम्बू गीत र लिम्बू नाचहरु प्रस्तुत गरिएको छ ।

Yakthung Chalchitra laringe namlinge3


लारिङ्गे नाम्लिङ्गे थिम्बे-२०८० उत्सवमा चलचित्रकर्मीहरु, याक्थुङ चलचित्रकर्मीहरु, गायकगायिका तथा कलाकर्मीको उपस्थिति रहेको थियो । धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बो स्थानीय राजनीतिकर्मी, समाजसेवी बलिहाङ तङ्नामको अवसरमा लारिङ्गे नाम्लिङ्गेमा उपस्थिति जनाएका थिए । 

Yakthung Chalchitra laringe namlinge4


Yakthung Chalchitra laringe namlinge5