आदिकवि भानुभक्त आचार्यकाे २११औं जन्मजयन्तीकाे अवसरमा हङकङमा  लेखक तथा साहित्यकारहरुलाई सम्मान गरिएकाे छ ।

भानु जयन्तीकाे अवसरमा गैर-आवासीय नेपाली महासंघ (एनआरएनए) हङकङले शनिबार चुम्लुङ हिम जाेर्डनमा आयाेजना गरेकाे कार्यक्रममा हङकङमा रहेर नेपाली नेपाली साहित्य तथा लेखनमा सक्रिय व्यक्तित्वहरुलाई सम्मान गरिएकाे हाे । सम्मानित हुनेहरुमा रमण गुरुङ, देश सुब्बा, नरजीत राई, दाजु गुरुङ, टाेपबहादुर राई "याख्खा", टंक सम्बाहाङ्फे, बज्रकुमार थुलुङ, जानू काम्बाङ, सुनिता गिरी, अनुशील श्रेष्ठ, पुर्णिमा जी शाह, डाेम राना, माेति चाम्लिङ, क्रान्ति सुब्बा, मनु कन्दङ्वा, दिपा एवाई र जुनु रानालाई सम्मान गरिएकाे हाे ।

IMG_20240714_111658


एनआरएनए हङकङका अध्यक्ष गाेकर्णप्रसाद ढकालकाे अध्यक्षता र नेपाली महावाणिज्यदूतावास हङकङका उप वाणिज्य दुत भाेजकुमार भट्टराईकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विभिन्न वक्ताहरुले नेपाली भाषाकाे उन्नयनमा भानुभक्तकाे याेगदान बारे चर्चा गरेका थिए । कार्यक्रममा जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् सचिव राधिका गुरुङ, हङकङ नेपाली महासंघ अध्यक्ष रिता गुरुङ, चेम्बर अफ कमर्श अध्यक्ष लवकुमार गुरुङ, जनजाति महासंघ अध्यक्ष टाेपबहादुर तामाङ लगायतका विशेष अतिथिहरु सहभागी थिए ।