Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

alt
  • साउन २०, २०८१
  • ब्लाष्ट खबर

भोजपुर/बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटन थालेका छन्।

वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् ।

ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ।

झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए। यस वर्ष रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने उहाँको अनुमान छ।

यस्तै टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गर्दै आएको बताए। बाँझो जमीनमा चार वर्ष अघि ‘दानाबोटे फलपूmल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उनले बताए। नेपालले हाल वार्षिक रु सात लाखसम्म आम्दानी गर्दै आउएका छन्।
सिँचाई अभाव, बसाइँसराईलगायत कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेलले बताए।

जिल्लाको पूर्वीपौवादुङ्मा गाउँपालिकाको छोकिमालामा विगत पाँच वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा तीन वर्ष अघि कृषक भुजेलले टिमुर, एभोकाडोलगायतको खेती गर्दै आएका छन्।

रहेका बाँझो जग्गाको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यानसमेत तान्ने स्थानीय इन्द्र थापाले बताए।

अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलपूmल मोहले बाँझिएको जग्गाको सदुपयोग मात्र नभएर आम्दानीसमेत भइरहेको बताए।

यस्ता कृषकलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउन जरुरी रहेको उहाँको भनाइ छ।

सम्बन्धित समाचार
पीडक र सहयोगीलाई कारबाहीको माग गर्दै बाल सञ्जालद्वारा ध्यानाकर्षण

धरान । धरान उपमहानगरपालिका–११ अन्तर्गतको बाल सञ्जालले हालै एक बालिकामाथि भए ...

आजको मौसमः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेख ...

मन्त्रीको क्यूआर आतङ्कः पर्यटन मन्त्री मण्डलको राजीनामा माग

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि ‘ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
पीडक र सहयोगीलाई कारबाहीको माग गर्दै बाल सञ्जालद्वारा ध्यानाकर्षण
आजको मौसमः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
मन्त्रीको क्यूआर आतङ्कः पर्यटन मन्त्री मण्डलको राजीनामा माग
मिक्लाजुङ सम्झाउने घटना
आजको राशिफलः २०८२ साल असार २४ गते मङ्गलबार
नगर प्रमुखको कब्जामा फायल
भोजपुरमा चारको बीभत्स हत्या
गोली चलाई ब्राउनसुगर कारोबारी पक्राउ
विश्व भूराजनीतिमा नयाँ सार्क सङ्गठनको निर्माण र यसको भविष्य
आजको राशिफलः २०८२ साल असार २३ गते सोमबार
म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन विमोचन
इटहरीमा महँगो घरभाडाले व्यवसायी पलायन
१६२ केजी गाँजासहित भारतीय कार नियन्त्रणमा
आजको राशिफलः २०८२ साल असार २२ गते आइतबार
मोटरसाइकलमा खेदीखेदी खुकुरीले आक्रमण गर्ने तीन पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved