Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • अलैँची र सुन्तला उत्पादन बढाउनसुपर जोन कार्यक्रम

अलैँची र सुन्तला उत्पादन बढाउनसुपर जोन कार्यक्रम

alt
  • भदौ १, २०८१
  • ब्लाष्ट खबर

सङ्खुवासभा/कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ।

सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।

उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोेजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए।

अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागु गरिएको उनले बताए।

सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैंँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरेका छन्।

परियोजनाका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ रु २० लाख र चालुतर्फ रु चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए।

सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनि चिस्यान केन्दै स्थापना कार्यक्रमका लागि २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा २१ लाख विनियोजन गरिएको उहाँले जानकारी दिए। चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् ।

अलैँची सुपन जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्याउदै आएको छ ।
सम्बन्धित समाचार
बीपीलाई अझै बुझाएनन् करोडौँ बक्यौता

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन विभिन्न प् ...

अदालतको आदेशपछि तामाङ पुनः बहाल

विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योञ्जन तामाङले पुनः मो ...

नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले नियमविपरीत तोक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बीपीलाई अझै बुझाएनन् करोडौँ बक्यौता
अदालतको आदेशपछि तामाङ पुनः बहाल
नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त
बन्धक बनाइएका १२ बालबालिकाको उद्धार
कोशी प्रदेशको खेलकुद क्षेत्रको दुरावस्था उजागर
आजको राशिफलः २०८२ साल असार ४ गते बुधबार
आजको मौसम: कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
खस्कियो कोशी प्रदेशको खेलः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी स्वर्णविहीन
धरानमा ‘श्रमदान’ कि ‘राजनीतिक स्वार्थ’ ?-नगर प्रमुख–उपप्रमुख द्वन्द्व चुलियो
सार्वजनिक जग्गा विवादमा चार घाइते
गर्मी छल्न तराईका मान्छे पहाडतिर
बजेटले युवालाई सम्बोधन गरेको खोइ ?
आजको राशिफलः २०८२ साल असार ३ गते मङ्गलबार
दुई घरधनीको अवरोधले इटहरीमा ६ लेन सडक अलपत्र
कोशीको बजेट ३५ अर्ब ८७ करोड
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved