Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

alt
  • भदौ २०, २०८१
  • ब्लाष्ट खबर


झापा/ यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा ८८ करोड छ लाख ८७ हजार दुई सय ४७ राजस्व सङ्कलन भएको थियो। गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार नौ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताएका छन्।

यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो। गत आव २०८०/८१ मा सबैभन्दा धेरै सात हजार छ सय १५ मोटरसाइकल दर्ता हुँदा एक हजार सात सय पाँच इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ।

कार्यालयका अनुसार बस एक सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एकस २९, ट्र्याक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन्।

दर्ता भएका जम्मा सवारीमध्ये एक हजार दुई सय ५७ सार्वजनिक, नौ हजार चार सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार नौ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ।
निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
अदालतको आदेशपछि तामाङ पुनः बहाल

विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योञ्जन तामाङले पुनः मो ...

नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले नियमविपरीत तोक ...

बन्धक बनाइएका १२ बालबालिकाको उद्धार

इटहरी । सुनसरीको इटहरीस्थित एक होटलमा तीन दिनदेखि बन्धक बनाइएका १२ जना बालब ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अदालतको आदेशपछि तामाङ पुनः बहाल
नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त
बन्धक बनाइएका १२ बालबालिकाको उद्धार
कोशी प्रदेशको खेलकुद क्षेत्रको दुरावस्था उजागर
आजको राशिफलः २०८२ साल असार ४ गते बुधबार
आजको मौसम: कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
खस्कियो कोशी प्रदेशको खेलः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी स्वर्णविहीन
धरानमा ‘श्रमदान’ कि ‘राजनीतिक स्वार्थ’ ?-नगर प्रमुख–उपप्रमुख द्वन्द्व चुलियो
सार्वजनिक जग्गा विवादमा चार घाइते
गर्मी छल्न तराईका मान्छे पहाडतिर
बजेटले युवालाई सम्बोधन गरेको खोइ ?
आजको राशिफलः २०८२ साल असार ३ गते मङ्गलबार
दुई घरधनीको अवरोधले इटहरीमा ६ लेन सडक अलपत्र
कोशीको बजेट ३५ अर्ब ८७ करोड
एनसेलको ‘करोडपति’ योजना
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved