धरान । सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनको १८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सवको उद्घाटन कोशी प्रदेशका सांसद् रमेशकुमार बस्नेतले गरे । कार्यक्रममा विद्यार्थीहरूलाई दीक्षित गरिएको छ । युकेजी पूरा गरेका १५ जना विद्यार्थीहरूलाई प्रमाण–पत्रसहितले दीक्षित गरिएको किन्डर गार्टेनका निर्देशक गौरवमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो पन्ध्रौँ दीक्षान्त कार्यक्रम हो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न क्रियाकलाप गरी वार्षिकोत्सव मनाइएको छ । प्रमुख अतिथि सांसद् बस्नेतले मन्टेश्वरीले आगामी दिनमा थप प्रगति गरोस् भनी शुभकामना दिए ।

किन्डर गार्टेनका निर्देशक श्रेष्ठले सबैको साथसहयोग र विश्वासका कारण यहाँसम्म आइपुग्न सफल भएको बताए । कार्यक्रममा प्रिन्सिपल सुलेखा जोशी, संस्थापक निर्देशक किशन मास्केलगायतको उपस्थिति रहेको थियो ।