श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन २१ गते बुधबार ५ मार्च २०२५, कालयुक्तनाम संवत्सर । फाल्गुण शुक्लपक्षको षष्ठी तिथि ०१ः०३ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका भोलि ०१ः१८ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः२३ बजे र सूर्यास्त ०६ः०६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले हौसला मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनसँग भेटघाट हुनेछ।आकस्मिक कामले खर्च बढाउन सक्छ । अरूलाई सापट दिनुपर्ने हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई समय दिँदा आफू पछि परिनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुटाउन पनि सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा सुधार हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न भौतिक साधन प्राप्तिको योग छ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार, साझेदारी र सट्टापट्टामा फाइदा हुनेछ। पछिका लागि अवसर खोजी गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पेसा–व्यवसायमा आम्दानी प्रशस्तै हुनेछ। नाम र दाम हातपार्ने समय छ।मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ।