श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत २ गते शनिबार, १५ मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको प्रतिपदा तिथि ०२ः५१ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरफाल्गुनी ०९ः०८ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः१३ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामका लागि बिहानको समय अनुकूल रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईष्र्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। दिगो काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका समस्या दोहोरिन सक्छन्। मध्याह्नपछि स्थितिमा सुधार आउनाले सजिलै लक्ष्य प्राप्ति होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन सङ्ग्रह गर्ने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काम पूरा हुन सक्छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पेसा–व्यवसायमा फाइदा कम देखिए पनि प्रयास भने दोहो¥याउनु होला।लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। थालेको काम सम्पन्न हुनेछ।