धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ सिसौलीघाटस्थित कोशी नदीको भङ्गालो किनारमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
शुक्रबार साँझ स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेपछि प्रहरीले ५०–५५ वर्षको जस्तो देखिने पुरुषको शव फेला पारेको थियो । शव स्थानीय कुमार श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।
उनी सुनसरी वराहक्षेत्र नगरपालिका–३ बिचपानी निवासी भएको आफन्तहरूले पुष्टि गरेका छन् । उनको मृत्युको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।