श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल चैत १० गते आइतबार, २२ मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको नवमी तिथि भोलि ०५ः५८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वाषाढा भोलि ०४ः३५ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः०४ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पछिका लागि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गरे गुमेको रकम जोगाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूकोे साथ–सहयोग प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ। रमाइलो यात्राको साइत पनि जुर्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन् । केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। अनावश्यक यात्रा हुनेछ । स्वास्थ्यमा ख्याल राख्नु होला ।