श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१ साल चैत ११ गते सोमबार, २४ मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको दशमी तिथि भोलि ०५ः२३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र  उत्तराषाढा भोलि ०४ः३५ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः०३ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चुनौतीसमेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्म, कर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेको काम रोकिने भयले सताउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरेको श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तत्कालको अभाव पनि टर्नेछ। सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। परिस्थितिलाई सहज बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। कमजोर नतिजा सच्याउन काम दोहो¥याउनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ।