इनरुवा/सुनसरीको इटहरी चोकमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ ।
ब्यापारिक मल सेन्टर प्लाजाको बरण्डा होटलमा बिहानको साढे नौ बजेबाट आगो लागेको थियो । आगलागीमा फसेका ११ जनाको झण्डै तीन घण्टा लाएर उद्धार गरिएको छ ।
लागलागी लगत्तै एकसाथ ठूलो संख्यामा सुरक्षाकर्मी टोली परिचालित भएकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।
प्रजिअ मिश्रका अनुसार जिल्ला बाहिरबाट हेलिकप्टर आइपुग्न ढिलाई हुँदा ८ पुरुष र ३ महिला गरी ११ जनाको डोरीको सहायताले सुुरक्षाकर्मी टोलीले उद्दार गरिएको छ ।
उद्दारको क्रममा दश तला माथि पुगेर फसेका केहि सुरक्षाकर्मीलाई भने हेलिकप्टरको सहायताले सुरक्षित स्थानमा ओरालिएको छ ।
यसैबिच आगलागीमा परेकाको उद्दारमा खटिएका ५ जना सुरक्षाकर्मी घाइते भएका छन । यस्तै आगलागीमा फसेका मध्ये उद्दार गरिएका ३ जना सामान्य घाइते भएका छन ।